बेलका । २०७४ मा स्थानीय सरकार बनेपछि देशभरि ठाउँ-ठाउँमा सोही ठाउँका विशेषताअनुसार विभिन्न कुराका मूर्ति ठड्याइएका छन्। कहीँ सिमेन्टले गुराँसका रूख बनाइएका छन्, कहीँ करूवाका मूर्ति ठड्याइएका छन् ।
हालसालै उदयपुरको बेलका नगरपालिकाले सुंगुरको मूर्ति बनाएको छ। बेलका नगरपालिका ७ मैनामैनी मूलगाउँमा ६० लाख खर्च गरेर सुंगुरको मूर्ति बनाइएको हो । उक्त मूर्तिको उचाइ १२ फिट र लम्बाई १६ फिट रहेको छ।
उक्त मुर्ती नगरपालिका आफैंले बनाएको हो । मूर्ती दशैंसम्म उद्घाटन गर्ने तयारी रहेको बताइएको छ । उक्त स्थानमा धार्मिक पार्क बनाउने पनि तयारी गरिएको छ ।








