• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

तरकारीले बजार नपाएपछि बारीमा ट्र्याक्टर लगाउदै किसान

  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लकडाउनका कारण भारतबाट तरकारी आयात नभइरहेको बेलामा चितवनमा उत्पादित तरकारीलेसमेत बजार पाएको छैन । विक्री नभएपछि किसानहरूले तरकारीबारीमा ट्याक्टर लगाउन थालेका छन् । भारतबाट आयात नभएपछि तरकारीले राम्रै बजार पाउने आश किसानहरूले गरेको भएपनि उत्पादन बजारसम्म पु¥याउन नसक्दा र थोक तरकारी बजारसमेत बन्द हुँदा उनीहरूको तरकारी विक्री हुन नसकेको हो । खैरहनी नगरपालिकामा गत वर्ष पनि तरकारीले मूल्य नपाएपछि यहाँका किसानले डोजर चलाएका थिए । खैरहनी–१ बहेराका किसान बासुदेव सापकोटाले १२ वर्ष अघिदेखि तरकारीखेती गर्दै आएपनि यो सिजनमा तरकारीबारीमा ट्याक्टर लगाएर नष्ट गर्न बाध्य भएको बताए । उनले यसपटक बजारमूल्य नपाएपछि भिन्डीबारीमा ट्याक्टर लगाएर नष्ट गरेको बताए । ‘लगानी त परै जाओस, श्रमको मूल्यसमेत उठेन अनि जोत्न नै उपयुक्त ठाँने’, उनले भने । उनले यस वर्ष ७ कठ्ठा जग्गामा भिन्डी लगाएका थिए । वैशाख महीनामा रू। १२ हजारको मात्र भिन्डी विक्री गरेपनि त्यसपछि विक्री नभएको र छिप्पिएर खेर गएको उनले बताए । आफ्नो श्रमबाहेक ७ कठ्ठामा रू। ६५ हजार खर्च गरेर भिन्डी लगाएका उनले लकडाउनकै कारण तरकारी विक्री गर्न नपाएको बताए । अर्को तरकारीखेती लगाउन ढिला भएका कारण जोत्नुपरेको सापकोटाको भनाइ छ । लकडाउनका कारण अधिकांश किसानको तरकारी बारीमै कुहिएको छ भने कतिपयले तरकारीबाट कम्पोष्ट मलसमेत बनाउन शुरू गरेका छन् । तरकारीको माग राम्रै भएपनि उपभोक्तासमक्ष तरकारी पुग्न नसक्दा किसानले यस्तो समस्या भोग्नु परेको हो । बासुदेव जस्तै सोही ठाउँका अर्का किसान कृष्ण सापकोटा पनि लगाएको सबै तरकारी जोत्ने तयारीमा छन् । यसअघि किसानहरूले लगाएको मौसमी तरकारी प्रतिकिलो रू। २ मा झरेपछि उनले त्यो बेला पनि ट्याक्टर लगाएका थिए । ‘बारीमा राखेर मात्र के गर्नु,’ उनले भने, ‘अहिले पनि रू। २ प्रतिकिलोमा बिक्दैन । २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छु ।’ त्यसमध्ये ६ कठ्ठामा भिन्डी मात्रै लगाएको उनको भनाइ छ । चितवनका मुख्य तरकारी बजार र काठमाडौंमा समेत तरकारी लैजान सहज नभएपछि हाल सबै किसानको तरकारी विक्री हुन नसकेको हो । यसअघि किसानले हकारीमार्फत तरकारी विक्री गर्दै आएपनि लकडाउनका कारण सहकारीले तरकारी संकलन गर्न सकेको छैन । स्थानीय ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी संकलनको काम पुर्णरूपमा बन्द भएको बताए । ‘यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार नारायणगढ, काठमाडौं र पोखरा नै हो,’ उनले भने । अन्य जिल्ला लैजान अहिले समस्या छ । लकडाउनको मौका छोपी बिचौलिया हाबी हुँदा पनि तरकारीले उचित मूल्य पाउन नसकेको उनको भनाइ छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.