गैंडाकोट । युवा दिवसको अवसरमा विहीवार गैंडाकोट नगरपालिकामा लागुऔषध र युवाको अवस्थाका सम्वन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र गैँडाकोट र ईलाका प्रहरी कार्यालय गैँडाकोटको संयुक्त आयोजनामा गैँडाकोट नगरपालिकामा कार्यक्रम भएको हो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख, प्रहरी निरिक्षक लक्ष्मी पाण्डे खनालले युवालाई लागुऔषधमा युवा कसरी फस्छन ? र कसरी जोगाउने ? भन्ने विषयमा प्रस्तुती राख्नुभएको थियो । उहाँले समाज र परिवार नै युवाप्रति जिम्मेवार बन्दै जिम्मेवारी बोध गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा युवा क्लवका सदस्य तथा युवा सञ्जालका युवाहरुको सहभागिता रहेको थियो । युवाहरुले प्रहरीसँगको कार्यक्रम प्रभावकारी रहेको बताएका छन् । प्रहरी मेरो साथी भन्ने जुन अभियान छ यस्ता कार्यक्रम र अन्र्तक्रियाले कार्यक्रमलाई प्रभावकारी बढाउन र युवाहरु खुलेर बोल्न सक्ने बताएका हुन ।








