चितवन । निर्देशक रमेश कोइराला नयाँ सिरियल ‘दोष तिम्रो हो की मेरो’ आउँदै नेपाली सिनेमा र सिरियलहरु निर्देशन गरिसकेका दर्शकले मन पराएका निर्देशक रमेश कोइराला एउटा नयाँ सिरियल मार्फत दर्शकमाझ आउने भएका छन् ।
सानो पर्दा र ठूलो पर्दामा उत्तिकै समय दिइरहेका कोइरालाको निर्देशनमा ‘दोष तिम्रो हो की मेरो’ शीर्षकको एउटा मेगा सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । निर्माणाधीन अवस्थामा रहेको उक्त मेघा सिरियलको स्क्रिप्ट लेखन कार्य सम्पन्न भै हाल कलाकारहरूको चयन भइरहेको निर्देशक कोइराला जानकारी दिएका छन् ।
सिरियलका लागि रमेश बुढाथोकी, अनिता केसी, बुद्धि तमाङ, जेएन घिमिरे आदि कलाकारको चयन भैसकेको छ भने अन्य कलाकार तथा प्राविधिकहरुको चयन जारी रहेको छ । ‘यो मेरो निर्देशनको नवौं टेलिश्रृंखला हुनेछ, निर्देशक कोइराला भन्छन्–‘यो श्रृंखला आगमाी दशैंदेखि आम दर्शकले टेलिभिजन तथा युट्युबमार्फत हेर्न सक्नु हुनेछ ।
’ निर्देशक कोइरालाका अनुसार यही भदौको पहिलो सातादेखि यो श्रृंखलाको छायांकन प्रारम्भ गरिनेछ ।यो श्रृंखलामा कथा तथा निर्देशन रमेश कोइरालाको रहने छ भने पटकथा तथा सम्बाद जया ओझाको रहने छ । रोजा तिमिल्सिनाको प्रस्तुततिमा यो श्रृंखलालाई मदानी मूभी तथा इन्टरटेन्टमेन्टले निर्माण गर्नेछ । निर्माण संयोजकको रुपमा अनन्तराज तिमिल्सिना रहेका छन् ।








