चितवन । जिल्लामा गाई भैँसीलाई खुवाउने दाना (चोक्कर)को मूल्य आकाशिएको भन्दै किसानहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
दुई महिना अगाडिसम्म ४४ किलोको प्रति बोरा ११ सय रुपैयाँमा बिक्री भएको चोक्करको मूल्य एक्कासी १७ सय रुपैयाँ पुगेको किसानहरुले गुनासो गरेका हुन् । किसानहरुको गुनासो पछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले चोक्कर व्यवसायी र किसानलाई कार्यालयमा डाकेर छलफल गराएका छन् ।
सो छलफका क्रममा चोक्कर व्यवसायी विष्णु आचार्यले उद्योगले नै चोक्करको मूल्य बढाएर पठाउँदा आफूहरुले महङ्गोमा बेच्नुपरेको बताए । चोक्करको मूल्य निर्धारण आफूहरुको हातमा नभएकाले केन्द्रीय तहबाट नै यसको नियन्त्रण गर्नुपर्ने आचार्यले बताए । सो छलफलका क्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले दिनदिनै चोक्करको मूल्य बढ्दै गएपछि किसानहरु मारमा परेको बताए ।
चोक्करको मूल्य नघटेको अवस्थामा किसानहरुले यसको बिकल्प खोज्ने समेत बगालेको भनाइ छ । छलफलका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आफूले उत्पादकसँग कुरा गर्दा केही दिनमा चोक्करको मूल्य घट्ने जानकारी पाएको बताए । बजारमा नयाँ गहूँ आएपछि चोक्करको मूल्य घट्ने भन्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले बीचमा काम गर्ने व्यवसायीले समेत कृषकलाई सहज हुने तरिकाले बिक्री वितरण गर्नुपर्ने बताए ।
चोक्करको मूल्य आकाशिएपछि सीडीओसंग गुनासो गरे किसानले
चोक्करको मूल्य आकाशिएपछि सीडीओसंग गुनासो गरे किसानले
- अ
- अ
- अ








