• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मौरीजन्य उत्पादनमा विविधीकरण गर्दै डाक्टर न्यौपाने

  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पशुचौपायामा नश्ल सुधारका लागि कृत्रिम गर्भाधानबाट उन्नत जातको पशुचौपायको वंश विस्तार गर्ने विधि नौलो होइन । तर मौरीजस्ता कीरा प्रजातिको समेत कृत्रिम गर्भाधान हुन्छ भन्ने विषय नौलो लाग्न सक्छ । तर रानी मौरीमा कृत्रिम गर्भाधान गरी प्रमाणित गरेका छन् चितवनका एक मौरी विज्ञले । भरतपुर १, रामनगरका मौरीविज्ञ डा। खेमराज न्यौपानेले सम्भवतः पहिलोपटक नेपालमै रानी मौरीको कृत्रिम गर्भाधान गरी वंश विस्तार गर्न लागेका हुन् । विगत दुई वर्षदेखि आफ्नै गोर्खा मौरी फार्ममा अध्ययन अनुसन्धानबाट कृत्रिम गर्भाधान गर्न सफल भएको उनको दाबी छ । “मैले मौरीपालन सुरु गरेको ३० वर्ष भयो,” उनले भने, “अहिले रानी मौरीमा कृत्रिम गर्भाधान गर्न सफल भएको छु ।” उनका अनुसार यो विधि अन्य पशुचौपायमा जस्तो सजिलो नहुने र ल्याबमा माइक्रोस्कोप र अन्य स्रोतको सहायताले भाले मौरीको ‘बीज’ रानीमौरीसंँग मिलाउनुपर्ने हुन्छ । पछिल्लो समय मौरीपालक किसानको संख्या बढे पनि उत्पादनमा खासै वृद्धि नभएकाले मौरीपालन क्षेत्रमा नयांँ अनुसन्धान गर्न आवश्यक रहेको उनको भनाइ छ । “क्लाइमेट चेन्ज, वातावरण प्रदूषण र चरन अभावका कारण नेपालमा मौरी पनि मर्दै गएका छन् । उत्पादनमा पनि ह्रास आएको छ,” उनले भने । यो कृत्रिम गर्भाधान विधि खर्चिलो र झन्झटिलो भए पनि उन्नत जातको मौरी र मह उत्पादनका लागि यसबाट गुणात्मक फड्को मार्न सकिनेछ । “रानी मौरीमा कृत्रिम गर्भाधान शायद भारतमा पनि हुन सकेको छैन,” उनी भन्छन, “यसको लागि धेरै रिसर्च, लामो समय र अनुभवको आवश्यकता पर्छ ।” कृत्रिम गर्भाधान गराउंँदा स्वच्छ भाले मौरीको बीजलाई परिपक्व रानी मौरीसंँग गर्भाधान गर्न सकिने हुनाले मौरीको वंश विस्तार राम्रो हुने र गुणस्तर महको उत्पादन हुने उनले बताए । “क्लाइमेट चेन्ज, वातावरण प्रदूषण र चरन अभावका कारण नेपालमा मौरी पनि मर्दै गएका छन् । उत्पादनमा पनि ह्रास आएको छ,” उनले भने । यो कृत्रिम गर्भाधान विधि खर्चिलो र झन्झटिलो भए पनि उन्नत जातको मौरी र मह उत्पादनका लागि यसबाट गुणात्मक फड्को मार्न सकिनेछ । “रानी मौरीमा कृत्रिम गर्भाधान शायद भारतमा पनि हुन सकेको छैन,” उनी भन्छन, “यसको लागि धेरै रिसर्च, लामो समय र अनुभवको आवश्यकता पर्छ ।” कृत्रिम गर्भाधान गराउंँदा स्वच्छ भाले मौरीको बीजलाई परिपक्व रानी मौरीसंँग गर्भाधान गर्न सकिने हुनाले मौरीको वंश विस्तार राम्रो हुने र गुणस्तर महको उत्पादन हुने उनले बताए । उनका अनुसार मौरीको प्राकृतिक गर्भाधान आकाशमा मात्र हुने भएका कारण कमजोर तथा रोगी भाले मौरीको बीज पर्न सक्ने हुनाले कृत्रिम गर्भाधान आवश्यक रहनेछ । मौरीको गोलामा पनि रानी मौरीको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ । आफू लामो समयसम्म यस क्षेत्रमा लागे पनि सरकारले महको उत्पादन बढाउन र विविधीकरण गर्न सरकारले कहिल्यै पहल नगरेकाले आफू निराश भएको न्यौपाने बताउँछन् । दशकअघि मौरी विज्ञानमा पोल्यान्डको डब्लू एम।। युनिभर्सिटीबाट विद्यावारिधि गरेका न्यौपानेले मौरीको महबाट विभिन्न आयुर्वेदेकि औषधि, पोषणयुक्त खाद्य पदार्थलगायत स्यानिटाइजरसमेत उत्पादन गर्दै आएका छन् ।
    मौरीबाट दर्जन प्रकारका पोषणयुक्त खाद्य पदार्थ
    अन्य जिल्लालगायत देशभरका किसानले मौरीबाट मह मात्रै उत्पादन गरी बेचे पनि मौरीविज्ञ न्यौपानेले मौरीको चाका, पोलन, कुट, खिल र महबाट एक दर्जनभन्दा बढी प्रकारका पोषणयुक्त खाद्य पदार्थ उत्पादन गर्दै विविधीकरण गर्न सफल भएका छन् । उनले मौरीबाट उत्पादन भएको वस्तुहरूबाट पोलन, रोयल जेली, बी–डाइट, एन्टी बी भेनम, स्यानिटाइजरलगायत उत्पादन गर्दै आएका छन् । मौरीबाट पौष्टिकयुक्त खाद्य पदार्थका साथै विभिन्न रोगका औषधिसमेत बनाउने गरेको उनले बताए । उनले गरेका उत्पादन देश–विदेशमा समेत जाने गरेको छ । मह प्रतिकेजी ५०० रुपैयांँमा बिक्री गरे पनि अन्य उत्पादन भने महँगो पर्छ । उनका अनुसार उनले उत्पादन गरेको रोयल जेली अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी एक लाख रुपैयाँ, अन्य उत्पादनको प्रतिकेजी दुई हजार रुपैयांँसम्म बिक्री हुँदै आएको छ । अहिले मौरीजन्य वस्तुबाट पर्पोलिस, टनिक, मैन मल्हम विभिन्न आयुर्वेदिक तेललगायत औषधि उत्पादन गर्दै आएको उनले जानकारी दिए । यी सबै उत्पादनबाट उनले वार्षिक ५० लाखबराबरको कारोबार गर्दै आएका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.