काठमाडौँ । लोक सेलोमा आधारित ‘खै त तिम्रो बुट्टे सारी’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक प्रदिप लामाको स्वर रहेको छ भने हस्त लामाको शब्द र संगीत रहेको छ। गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।
बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको म्युजिक भिडियोमा नायिका सुमी मोक्तान र भीमफेदी गाइज फिचर्ड छन्। सुर्य लामाले छायांकन र सम्पादन गरेका भिडियोलाई निर्मल कुमार लामाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लामाको आधिकारिक च्यानल ‘प्रदिप लामा अफ़िसिएल’मार्फत् सार्वजनिक गरिएको हो।
लामो समयदेखि नेपाली संगीतमा सक्रिय गायक लामाले लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन्। ‘मोहनी लाईदिउकि’, ‘मायाले बोलाको’, ‘हेलम्बु माथी’, ‘मायालुले’, लगायतका गीतहरु स्रोता माझ लोकप्रिय छन्।








