भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जितेका छन्। राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जितेका हुन् ।
उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ। अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् ।
उनीहरु आइतबार राति भएको ग्रान्ड फिनालेमा विजेता घोषित भएका थिए। १२ घण्टासम्म चलेको ग्रान्ड फिनालेमा राती अबेर विजेता घोषणा गरिएको थियो। २४ वर्षे पवनदीप गायनका साथै वाद्यवादनमा समेत पोख्त छन् ।








