काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, निवासी ६१ वर्षकी एक महिलामा कोरोना भाइरस कोभिड–१९० संक्रमण पुष्टि भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत ती बिरामी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि पाटन अस्पतालमा लगिएको छ । पाटन अस्पतालका निर्देशक डा। विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए । नर्भिक अस्पताललका अनुसार संक्रमित महिलालाई उपचारका लागि बिहीबार राति ल्याइएको थियो ।








