चितवन । पछिल्लो २४ घण्टामा चितवनमा १०२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका पिसीआर र एन्टिजेन परीक्षणबाट १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसीआर परीक्षणबाट ६४ तथा एन्टिजेन परीक्षणबाट ३८ जनामा कोरोना पुष्टि भएको छ । थपिएका कोरोना सङ्क्रमितमध्ये भरतपुरमा ५२, माडीमा २०, कालिकामा ९, रत्ननगर, कालिका र खैरहनीमा ७÷७ जना रहेका छन् । चितवनमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार २२९ जना रहेको स्वस्थ्य कार्यालय चितवनले जनाएको छ ।
यसैबीच, कोरोनाबाट चितवनमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।








