काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३०४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०७९ र एन्टिजेन विधिबाट ९६३ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४४ हजार ३०७ र एन्टिजेनबाट ७९ हजार ३४० जना पुगेको छ । यस्तै, आज थप २२४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ जना पुगेको छ ।
निको हुनेको दर ९३.१ प्रतिशत छ । आज संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ४५५ पुगेको छ ।








