झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर १ सिर्जना टोलमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । सोमबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् । उनीहरूले आत्महत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।








