काठमाडौं । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किएका छन् । म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई पुन: क्लबमा भित्र्याउने बारेमा युभेन्टससँग सहमति भएको जानकारी गराएको छ ।युनाइटेडले रोनाल्डोको छिट्टै मेडिकल हुने बताएको छ ।
युनाइटेडले रोनाल्डोलाई युभेन्टसबाट ३३ मिलियन डलरमा भित्र्याएको हो । यस अघि म्यानचेस्टर सिटीमा आने लगभग तय भएको अवस्थामा युनाइटेडका पूर्व कोच सर एलेक्स फर्गुसनको हस्तक्षेपपछि रोनाल्डोको युनाइटेडमा पुनरागमन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
रोनाल्डोले युनाइटेडमा २००३ देखि २००९ सम्म खेलेका थिए ।








