चितवन । श्रीकृष्ण जन्माष्टमीका दिनको अवसर पारेर लायन्सका दुईवटा क्लब मिलेर मानवसेवा आश्रम, चितवन शाखामा आश्रित सहयोगापेक्षीहरुको लागि खाना खुवाउने कार्यक्रम गरेका छन । चितवनमा अवस्थित लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ चितवन रामेश्वरले संयुक्त रुपमा भोजनको आयोजना गरेका हुन् ।
उक्त कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको एरिया नम्बर ३ का चिफ एरिया कोर्डिनेटर बाल गोपाल चुकेको प्रमुख आतिथ्यता रहेको थियो भने डिष्ट्रिक्ट डेपुटी चिफ नेत्र प्रसाद आचार्य तथा जोन ५४ का जोन चेयर पर्सन लोक बहादुर रानाभाट बिशिष्ट अतिथी रहनु भएको थियो ।
दुबै क्लबका अध्यक्ष द्वय ध्रुब प्रसाद पौडेल तथा जयन्ती प्रसाद उपाध्यायले अध्यक्षता गरेको उक्त कार्यक्रममा दुबै क्लबका करिब २२ जनाको लायन्सकर्मीहरुको सहभागित रहेको थियो । मुख्य अतिथी बाल गोपाल चुकेज्युले दिनभरीको खाना खर्च बापतको रकम रु पच्चिस हजार रुपैयाको चेक मानव सेवा आश्राम चितवनकी साधिकालाई दुबै क्लबको तर्फबाट हस्तान्तरण गर्नु भएको थियो ।
बिहानको नास्ता र खाना, दिउसोको खाजा अनी बेलुकाको खाना समेत खुवाउन लाग्ने कुल खर्च बराबरको रकम आश्रमलाई हस्तान्तरण गरिएको हो ।








