जुम्ला । जुम्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आजदेखि पुनः तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनको सूचनामा औषधी उपचार बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।








