काठमाडौं । देशभरको मौसम बिहीबार पूर्णदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव रहेको मौसमविदले बताएका छन्। देशभर हाल सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । अहिले प्रदेश १, प्रदेश २ र बगमती प्रदेश बाहेकका प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । बिहीबार दिउँसो देशका अधिकांश क्षेत्रमा पूर्णदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिममा पूर्ण बदली तथा मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।








