चितवन । चितवनको ठिमुरामा डाक्टरले आफ्नो श्रीमतीको जन्मदिनमा रिसोर्ट संचालनमा लाएका छन् । आज भदौ २४ बाट औपचारिक रुपमा संचालनमा आएको रिसोर्ट ढुगैढुंगा र काठ बाट निर्मित गरिएको छ । हाड जोर्नेको लागि पर्खात हस्पिटल एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरका संचालक रहेका युवा चिकित्सक डा. प्रमोद लामिछानेले यो रिसोर्ट संचालनमा ल्याएका हुन्। चिकित्सक लामिछानेले आफू कुनै पर्यटन व्यवसायी नभएर हाडजोर्नीका डाक्टरका भएकाले रिसोर्टबाट आएको नाफा आफ्नो खातामा नराखि परोपकारी काममा खर्च गर्ने सोचले रिसोर्ट संचालन गरेको बताए ।
लामिछाने दम्पत्ती नै डाक्टर भएकाले दुवैले पाँच वर्षअघि चितवनमा अपाङ्ग बालबालिकाका लागि एउटा च्यारिटी अस्पताल संचालनमा ल्याउने निर्णयले जग्गा खोज्दै जाँदा ठिमुरामा आफुले चाहेजस्तो ५ बिघा जग्गा खरिद गरेको बताए । अस्पतालको योजना अघि बढ्दै थियो। तर त्यहीबीच लामिछानेकी डेन्टल सर्जन श्रीमती डा. विष्णुमाया खरेल लामिछानेलाई क्यान्सरले च्याप्यो। दम्पत्तीले एकसाथ देखेको हाडजोर्नी विशेष च्यारिटी अस्पताल स्थापनाको सपना रोकियो। जग्गा किनेको ठिमुरामा अस्पतालभन्दा पर्यटकीय सेवाको सम्भावना धेरै रहेको पनि लामिछानेलाई श्रीमतीले सुझाएकी थिइन्।
त्यसमा लामिछाने पनि सहमत दिए त्यसैले श्रीमतीको सुझाव अनुसार उच्चस्तरीय पर्यटकीय सेवा दिने सोचले ‘ठिमुरा रिसोर्स’को परिकल्पना भयो। चार वर्ष अघिबाटै रिसोर्ट निर्माणको काम सुरु गरेका भएपनि श्रीमतीलाई क्यान्सर लागेर जित्न नसक्दा श्रीमती डेढ वर्षअगाडि बितेपछि रिसोर्ट निर्माणको काम केही समयको लागि रोकिएको उनले बताए । कुल ७५ वटा कोठा सचालनको अनुमति पाएको रिसोर्टले तत्काल पहिलो चरणमा २२ वटा कोठा संचालनमा ल्याएको छ। आउँदो डेढ वर्षभित्रै दोस्रो चरणअन्तर्गत कोठा थप गर्ने योजना रहेको लामिछाने बताए।
त्यसका लागि एउटा छुट्टै भवन निर्माण हुनेछ उनले भने । करिब पाँच बिघा क्षेत्रफलमा रहेको रिसोर्टमा साढे दुई बिघा क्षेत्रफल फार्म हाउस, अर्ग्यानिक कृषि लगायतका लागि छुट्टाइएको छ। यसका लागि २० करोड रुपैयाँभन्दा धेरै लगानी भएको लामिछानेको भनाइ छ। ३० वटै भिल्ला नेपाली परम्परागत शैलीमा बनाइएको छ। रिसोर्टका कोठा र ओपन एरियामा विश्वभर देखिएका सजावटका सामग्री, मुर्ती लगायत राखिएका छन्। यो रिसोर्ट बुटिक अवधारणामा तयारी गरिएको लामिछानेले बताए।
आजबाट औपचारिक रुपमा संचालनमा अएको रिसोर्ट आउँदो १० दिनभित्रै फुल फ्लेजमा संचालनमा आउने उनले बताए ।रिसोर्टमा एक हजार जना क्षमताको कन्फ्रेन्स हल, डेढ सय जना अटाउने दुईवटा सेमिनार हल, दुईवटा बार, एउटा प्रेसिडेन्ट भिल्ला, चारवटा स्विमिङ पुल, स्पा, डेढ सय क्षमताको रेष्टुरेण्ट लगायतका सुविधाहरु रहेका छन् ।
खोलाको तीरमा रहेको रिसोर्टलाई दुईतिर जंगलले घेरेको छ। रिसोर्टमा अहिले रहेका कुल ३५ जना जनशक्तिमध्ये १० जना टाइगर टप्समा १५ वर्ष काम गरेको अनुभव भएको जनशक्तिहरु रहेका छन् ।









