बुटवल । देशभर जारी लकडाउन लामो समयसम्म भएको भन्दै व्यवसायीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेपछि उक्त विषयको पक्ष तथा विपक्षमा विभिन्न धारणा सार्वजनिक हुन थालेको छ । सोहि विषयमा आज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेको भन्दै सामजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टि ब्यक्त गरेका छन् । उनले आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिनेरु गम्भीर बनौ








