धनगढी । सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ। भदौं२७ अर्थात आज आइतबारसुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको हो।
थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठको निर्णयअनुसार थारु समुदायलाई उक्त पर्व भव्यताकासाथ मनाउने विदा दिइएको जनाइएको छ।








