• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पोलको भाडा तिर्न ठूला इन्टरनेट सेवा प्रदायकको आनाकानी

  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्थासँग पोल भाडा असुल्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको अभियानलाई प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले समेत साथ दिएको छ । निर्देशनालयले एक सूचना जारी गरी १५ असोजभित्र पोल भाडा सम्झौता गरिसक्न केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको हो । सो समयसीमाभित्र नियमानुसार सम्झौता नगर्ने सेवा प्रदायक संस्थाको पोलमा जडान गरिएको तार र उपकरण हटाइने निर्देशनालयले जनाएको छ ।

    विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भदौ लागेसँगैे पोल भाडा नतिर्ने र सम्झौता नगर्ने सेवा प्रदायकको तार विस्तारमा रोक लगाएको छ । सेवा प्रदायक संस्थाको तार विस्तारका क्रममा वितरण केन्द्रले विभिन्न सेवा प्रदायक संस्थाका उपकरण जफत समेत गरेको छ । स्थानीय केबुल तथा इन्टरनेट सेवा प्रदायकले पोल भाडा तिरिसकेको भए पनि ठूला सेवा प्रदायकले भने अटेरी गर्दै आएको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।

    ‘स्थानीय सात वटा सेवा प्रदायक संस्थाले पोल भाडा तिरेर आफ्नो उपकरण लगिसकेका छन्’, उनले भने, ‘ठूला इन्टरनेट सेवा प्रदायकले भने अझै अटेरी गर्दै आएका छन् । निर्देशनालयको सूचना आएपछि हामीलाई थप बल मिलेको छ । अब भाडा सम्झौता नगर्नेको तार र उपकरण हटाउन थाल्ने छौँ ।’ उनका अनुसार स्थानीय चित्रवन युनिक केबल, कनेक्ट नेपाल, त्रिवेणी केबल नेटवर्क, प्राइम नेटवर्क, फाइबर वर्ल्ड कम्युनिकेशन, ब्रोडलिंक र वेब सफरले गरी ४१ लाख ५९ हजार रुपैयाँ भाडा बुझाइसकेका छन् ।

    ठूला सेवा प्रदायक क्लासिक टेक, भायनेट, वर्ल्ड लिंक, टेक माइन्ड लगायत संस्थाले भाडा सम्झौताका लागि अटेरी गरिरहेको उनले बताए । वर्ल्ड लिंकको ५, क्लासिक टेकको ३, टेक माइन्ड र भायनेटको २/२ र सुविसु र स्मार्टको १/१ गरी जम्मा १४ वटा उपकरण, फोल्डिङ भ-याङ र तार जफत गरिएको पौडेलले जानकारी दिए । ठूला सेवा प्रदायक संस्थाहरुले सम्झौता गर्न आउनुको साटो प्राधिकरणका कर्मचारीलाई उल्टै धम्की दिइरहेको उनी बताउँछन् ।

    पोलको भाडा दर महँगो भएको भन्दै ठूला सेवा प्रदायकले प्राधिकरणको कदमको विरोध गरिरहेका छन् । वितरण केन्द्रका कर्मचारीले कानुनविपरीत इन्टरनेट सेवा प्रदायकका उपकरण लुटेर लगेको इन्टरनेट सेवा प्रदायक संस्थाहरुको छाता संगठन इस्पानले बताउँदै आएको छ । भाडा दर घटाउन इस्पानका प्रतिनिधिले ऊर्जामन्त्री पम्फा भुसाललाई समेत भेटेका थिए । मन्त्रीले भाडा दर नघट्ने प्रतिक्रिया दिएपछि निर्देशनालयले सूचना जारी गरी सम्झौताको समयसीमा तोकेको हो ।

    प्राधिकरणले ३३ केभी र ११ केभीका तार भएको पोलको भाडा प्रतिवर्ष प्रतिकिमी १४ हजार रुपैयाँ तोकेको छ । अन्य पोलको भाडा महानगरमा प्रतिवर्ष प्रति किमी प्रतिवर्ष ९ हजार र गाउँ/नगरमा प्रति वर्ष प्रति किमी ७ हजार रुपैयाँ निर्धारण गरिएको छ । प्राधिकरणले २०७६ मंसिरदेखि यो भाडा दर कायम गरेको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.