बारा । बाराको कलैया अस्पताल अन्तर्गत रहेको शिक्षा तालिम केन्द्र आइसोलेसनबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कलैया अस्पतालले जनाएको हो । उनीहरु सिम्रौनगढ, महागढीमाई, पचारौता नगरपालिका र बारागढी गाउँपालिकाका बासिन्दा हुन् । जेठ ९ गते, १० गते, १२ गते, १४ गते उनीहरुमा संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।








