चितवन । लियो क्लब अफ चितवन ग्रिन , लियो क्लब अफ भरतपुर , लियो क्लब अफ नारायणगढ , लियो क्लब अफ बैदिकनगर र लियो क्लब अफ देवघाट चौतारीको संयुक्त आयोजनामा ब्लड क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । ताज गुपको सहयोगमा ५ वटा क्लबले संयुक्त रुपमा देवघाट समाज कल्याण केन्द्र ( बृद्धअाश्रम) मा ब्लड क्यान्सरसम्बन्धि सचेतना कार्यक्रम आज (शनिबार) सम्पन्न भएको हो । सचेतना कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका सिनियर कन्सल्टेन्ट डा अमित श्रेष्ठले विश्वमा क्यान्सर रोगीहरुको तीव्र रुपमा वृद्धि भइरहेकोले सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले व्यायाम नगर्नु र सुर्तीजन्य पदार्थको सेवन पनि ब्लड क्यान्सरको मुख्य कारण भएको जानकारी दिनुभयो । उहाँले प्रारम्भिक अवस्थामा ब्लड क्यान्सर पत्ता लागे निको हुने तर ढिलो उपचार गरे बिरामीलाई बचाउन ग्राहो हुने बताउनुभयो । पछिल्लो समय गलत जीवनशैलीका कारणले ब्लड क्यान्सरबाट धेरै मानिस पीडित हुनु परेको बताउनुभएको छ । सचेतना अभियानमा ब्लड क्यान्सर के हो ? यो किन हुन्छ र के कस्ता उपाय अपनाउनाले ब्लड क्यान्सरको जोखिम कम हुन सक्छ ? क्यान्सर लागिसकेको छ भने कसरी अगाडि बढ्ने भन्ने जानकारी दिनुभयो । उहाले मानिसको मृत्युहुने धेरै कारण मध्ये ब्लड क्यान्सर एउटा कारण हुने गरेको बताउनुभयो ।
उहाले क्यान्सरले व्यक्तिलाई प्रताडित बनाएकोले यसको रोकथामको लागि सबै सरोकारवाला लाग्नुपर्ने जानकारी दिनुभयो । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु वेश हुने बताउदै ,उहाँले क्यान्सरले धनी, गरीब, पुरुष र महिला नचिन्ने भएकोले यसबाट बच्न सावधानी अपनाउनुपर्ने भनुभयो ।उहाँले ब्लड क्यान्सर समयमै पहिचान गर्ने सके यसबाट हुने मृत्युलाई अत्यन्त न्यून गर्न सकिन्छ। उपचार पद्धतिमा भएको नविनतम उपलब्धि र उपचार उपलब्धता भए पनि मानिसहरु उपचार केन्द्र सम्म नआउनु ब्डल क्यान्सर रोकथाम तथा उपचारमा एउटा चुनौती हो।
कैयौ ब्लड क्यान्सर भएका मानिसहरु बिभिन्न कारणले अझै पनि समुदायमा लुकेर रहेका छन् र यहि चुनौतीलाई केहि हदसम्म कम गर्न कार्यक्रमको आयोजना गरिएको डा। पराजुलीले बताउनुभयो । महिला स्वास्थ्य स्वयमसेविकाले बिगतमा नेपालको स्वास्थ्य जनचेतना अभिवृद्धिमा गरेको योगदान लाई हेर्दा आजको कार्यक्रमले केहि सहयोग पुर्याउने छ। उहाहरुले स्वयम् स्तन परिक्षण बिधि बारे प्राप्त गरेको त्यस्तै देवघाट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर थापाले आजको कार्यक्रमले गाउघरमा लुकेर बसेका ब्लड क्यान्सरका बिरामी पहिचानमा केहि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमले सर्वसाधरणलाई स्वास्थ्यप्रति जागरुक हुन प्रेरित गरेको उहाँको भनाइ थियो । ब्लड क्यान्सर सचेतना कार्यक्रम देवघाट गाउँपालिकामा गरेकोमा उहाँले ५ वटै लियो क्लबलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो । लियो क्लब अफ भरतपुरका अध्यक्ष ज्योति पौडेलको अध्यक्ष्ातामा भएको कार्यक्रममा सहजीकरण सृजना ताम्राकारले गर्नुभएको हो ।








