• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या

  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलेश्वर । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ ।  घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले  सर्वसाधारण हैरान भएका हुन् ।

    जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर  ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् ।

    गत भदौ पहिलो सातादेखि सुरुआत भएको समस्याबाट  जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत भदौको दोस्रो साता झुस आँखामा परेर समस्या भएपछि उपचारका लागि बेनी अस्पताल पुगेका युवा पुनलाई तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल पठाइएको  थियो ।  पुनको आँखाको रेटिना पुरै बिग्रिसकेकाले ज्योति गुमेको बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुङ्गानाले जानकारी दिइन्।

    चिकित्सकीय भाषामा सेतो पुतलीको झुसबाट आँखाको ज्योतिमा पर्ने नकारात्मक असरलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नामकरण गरिएको छ । ग्रामीण भेगमासमेत सापुका बिरामी बढेका स्थानीयले बताएका छन् । जिल्लाका बेनी नगरपालिकासहित मालिका, मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा आँखाका बिरामी बढेका र यसो हुनुका कारण सेतो पुतलीको झुस  नै रहेको आँखा उपचार शाखाका दिनेश बानियाँले बताए ।

    चिकित्सकका अनुसार सापुका लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तथा उज्यालोमा हेर्न नकिदैन  । साथै आँखाको दृष्टिमा कमी तथा नानी सेतो हुँदै जाने र पीप जम्छ । “यसको उपचार भनेकै जतिसक्दो छिटो पीप निकाल्नु हो”, हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले  भनिन्, “४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ ।”

    झुस आँखामा परेपछि समस्या भई आँखा उपचार केन्द्रमा उपचारका लागि आउने बढेका आँखा उपचार केन्द्रकी नेत्र सहायक ढुङ्गानाले बताइन्। उनका अनुसार झुसले भदौ दोस्रो सातापछि कम्तीमा १२ सङ्क्रमित उपचारका लागि केन्द्रमा आएका छन् । उनीहरूमध्ये बेनी अस्पतालबाट चार, नेत्रज्याति सङ्घ आँखा उपचार केन्द्रबाट चार गरी आठ जनालाई पोखरा पठाइएको थियो अन्यको बेनीमै उपचार भइरहेको छ ।

    आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका कारण आँखा सुक्खा हुने भएकाले उपचारमा समस्या हुने गरेको र त्यस्ता बिरामीलाई पोखरा पठाइएका सङ्घ आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँले बताए ।

    बागलुङ, पर्वत र कास्कीमासमेत सेतो पुतली बढ्दै गएको पाइएको छ । साँझ बत्ती बाल्ने समयमा देखापर्ने पुतलीको बाक्लो झुण्ड बिहान उज्यालो भएसँगै हराउने गरेको सर्वसाधारण बताउँछन् ।

    सेतो पुतलीको प्रजननको याम पनि भएका कारण यो समयमा अघिल्ला वर्षभन्दा बढी मात्रामा पुतली देखिएका छन् भने बिरामीको सङ्ख्या पनि उत्तिकै बढेको मेडिकल डाइरेक्टर डा श्रेष्ठले जानकारी दिइन् ।

    कसरी हुन्छ सङ्क्रमण ?
    चिकित्सकका अनुसार सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौँ आँखासम्म पुगेमा सापुको सङ्क्रमण फैलिन सक्छ । सङ्क्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने, आँखा सुख्खा हुने जस्ता लक्षण देखिन्छन् । उपचारमा ढिलाइ भए क्रमशः आँखा कम देख्दै दृष्टि नै पूर्णरूपमा गुम्नसक्ने बताइएको छ ।

    बेनी आँखा उपचार केन्द्रका चिकित्सक बानियाँका अनुसार प्रायः एउटा आँखामा मात्रै देखिने यो रोगले धेरै छिटो असर गर्ने गर्छ । यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइन्छ ।

    झुसबाट बच्नका लागि भरसक सेतो पुतली भएको ठाउँमा नजान, जानै परे चस्मा लगाउन र आफू बसेको ठाउँमा पुतली आए सजग हुन र  हात वा शरीरका अन्य भागमा पुतली बसेमा वा छोइएमा साबुन पानीले हात  धुन चिकित्सकको सुझाव छ । यसैगरी सुत्ने बेलामा घरका झ्याल ढोका बन्द राख्ने, झुल प्रयोग गर्ने र बच्चालाई सुरक्षित राख्न सक्ने हो भने झुस समस्याबाट बच्न सकिने जनाइएको छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.