उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् ।
घाइते राईलाई उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
प्रदेश १–०२–००२ च ४८७४ नम्बरको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स ४ प ९१०५ नम्बरको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो । चालक र जिपलाई इलाका प्रहरी कार्यालय बेलका रामपुरले नियन्त्रणमा लिएको छ ।








