• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

मिथिला क्षेत्रमा जितिया पर्वको रौनक

  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर÷घरमा सुरु भएको तयारीले अहिले मिथिला क्षेत्र जितियामय भएको छ । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु पुत्रवती आमाहरु आफ्ना छोरा सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् ।

    “हमर बेटा ककरो धारबिगार नई करैतअछि, भगवान्् जितवाहन’क आशीर्वाद स हमर बेटा उपकारी बनत्” (मेरो छोराले कसैको बिगार गर्दैन, भगवान् जितवाहन (जितिया पर्वमा आराधना गरिने देवदूत)को आशीर्वादले मेरो छोरा उपकार कार्यमा मन लगाउँछ) व्र्रतको तयारीमा रहेका मिथिलानी (मिथिलाका नारी) आफ्ना पुत्रको प्रशंसामा यस्तै भनिरहेका भेटिन्छन् ।

    पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिको व्रत सुरु गरिन्छ । यस्तो ‘ओगट्न’ मध्यरातपूर्व नै खाइसक्नु पर्ने व्रत विधान रहेको वर्तालु बताउँछन् । ‘ओगट्न’ मा दहीचिउरा खाने चलनले अहिले मिथिलाका बस्ती÷बस्तीमा शुद्ध दूधको जोहोमा मिथिलानी लागी परेका देखिन्छन् । अघिल्लो मध्यरातपूर्व ‘ओगट्न’ खाएर सुरु गरिएको व्रत भोलिपल्ट नवमी तिथि सुरु भएपछि एकघडी कटाएर समापन गर्ने चलन छ ।

    पुत्रको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रतको विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको हो । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यता छ । यो व्रत मङ्गलबार गर्ने तयारी छ । मङ्गलबार बिहान सूर्योदयभन्दा चार घडीपूर्व दहीचिउरा ‘ओगट्न’ (दर) खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार बेलुका ५ बजेपछि समापन गर्नेछन् ।

    अहोरात्र कटाएर नवमी तिथि पर्खदा ३६ घण्टासम्म उपवास गर्नुपर्ने यस व्रतको महिमा जनजिब्रोमा रहने गरेको मिथिला संस्कृतिका ज्ञाता बर्दिवास नगरपालिका–२ का दिनेशकुमार झा बताउनुहुन्छ । यसपालि मङ्गलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोगपछि नवमी प्रारम्भ हुने भएको हुँदा समापन बुधबार साँझ हुने भएको छ । “सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर प्राप्त हुने वा भएको मैथिल हिन्दू जनविश्वास छ”, उहाँले भन्नुभयो । पुत्रको कल्याण र सौर्यवृद्धिको कामना पूरा गराउन पुत्रवती मिथिलानी (मिथिलाका नारी)ले यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण गर्ने गर्छन् ।

    यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको जितिया व्रत बस्दै आउनुभएकी भङ्गाहा नगरपालिका–६ मदनपट्टि थारु बस्तीकी ४० वर्षीया रामरती चौधरीले बताउनुभयो । पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । बर्तालुुले दिवङ्गत सासू, जेठानी, नन्द–आमाज्यू र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ ।

    यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिन्छ । ति सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवी बन्ने आशिर्वाद देउ’ भन्ने कामना गरिन्छ । मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिँदै आएको यस पर्वबारे पछिल्लो पुस्ता अनविज्ञ हुँदै गएको छ । पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्यवृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्तामाझ सुनिन थालेको छ ।

    पहिला आमाले सन्तानकै लागि यो व्रत सुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर विभेद घुसाइएको बर्दिवास नगरपालिका–९ का सामाजिक र राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउनुहुन्छ । आफूले पछिल्ला २५ वर्षदेखि सुरु गरेको यस पर्वमा ‘पुत्र’का लागि मात्र नभएर हरेक सन्तानको कल्याणका लागि गर्दै आएको उहाँको भनाइ छ । व्रत अवधिमा वर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् ।

    अघि द्वापरयुगमा एक विधवा ब्रह्माणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् । राजा जितवाहन र जितिया पर्वको चर्चा पुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै भएको हुनसक्ने मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.