चितवन । चितवनका एम्बुलेन्स संचालक र चालकहरुलाई सवारी नियम विषयक प्रशिक्षण दिईएको छ । प्राथमित्तामा राखिएको एम्बुलेन्सहरुले ट्राफिक नियम उल्ङ्घन गर्ने, प्रतिबन्ध सामान ओसार–पसार गर्ने, पैसाको लागि यात्रु बोक्ने गरेको देखिए पछी जिम्मेवारी बोध गराउन एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितव र संयुक्त एम्बुलेन्स चालक संघ चितवनको आयोजनामा भएको प्रशिक्षण तालिममा संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने सहित करिब ५० जना चालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले प्रशिक्षण दिनुभएको थियो । स्वास्थको क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने एम्बुलेन्सलाई राज्यले प्राथमिक्तामा राखेको छ ।
सडकमा पनि यस्ता सवारीलाई पहिला जानदिईन्छ । तर यसको सदुपयोग भन्दा दुरुपयोग गर्ने प्रव्रिधि बढ्दै गएको छ । एम्बुलेन्स र सरकारी सवारी चालक ट्राफिक नियम प्रति उत्तरदीई नदेखिएको जस्ता विषयहरु भट्टले उठाउनु भएको थियो । उहाँले भन्नुभयो ट्राफिक नियम जानेर हो या नजानेर एम्बुलेन्स र सरकारी साधनले नियम पालना गर्दैन्न ।
यसको देखासिकी सर्वसाधारणले गरिरहेका छन् । जसले गर्दा चितवनमा सवारी दुर्घटना उकाली लागी रहेको छ । ट्राफिक प्रहरी प्रमुख भट्टले एम्बुलेनस र सरकारी साधनलाई पहिलो प्राधमिक्ता दिएको भन्दै त्यसको गलत प्रयोग नगर्न सबैलाई अनुरोध समेत गर्नुभएको थियो । उहाँले ट्राफिक व्यवस्थापन सबैको जिम्मेवारी रहेको बोध गराउदै रकेट स्टाईलमा सवारी हाक्नुपर्ने मानसिक्ताले धेरैले ज्यान गुमाएको बताउनु भयो ।
नेपालका सडक व्यवस्थित छैन्न् यस्ता बाटोमा जोगियर नियम अनुसार सवारी हाके दुर्धटना नै नहुने उहाँको धारण थियो । एम्बुलेन्स संचालक र चालकलाई सवारी नियम बोध गराउदै ट्राफिक प्रहरी








