• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

कप्तान किरण भन्छन्- सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ

  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेन्जोङ)ले साफ च्याम्पियनसिपका सबै खेल जित्दै फाइनलमा पुग्ने टोलीको योजना रहेको बताएका छन् । बिहीबार प्रतियोगिताको प्रि-म्याच पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले साफका सबै खेल महत्त्वपूर्ण हुने बताउँदै सबै खेल जित्दै फाइलन पुग्ने योजना रहेको बताएका हुन् ।

    ‘साफका सबै खेल महत्त्वपूर्ण हुनेछन् । हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ’, राष्ट्रिय टोलीका नियमित कप्तान किरणले भने । १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ च्याम्पियनसिप भोलि (शुक्रबार)देखि माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने तालिका रहेको छ । नेपालले भोलि नै राति ९ः ३० बजे आयोजक माल्दिभ्सको सामना गर्नेछ ।

    खेलअघि बोल्दै कप्तान किरणले नेपाली टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो तालमेल रहेको र उत्कृष्ट नतिजाका लागि खेल्ने बताए । ‘हामीसँग युवा तथा अनुभवी खेलाडीको राम्रो तालमेल छ । हामी उत्कृष्ट नतिजाका लागि मैदानमा उत्रनेछौँ’, राष्ट्रिय टोलीबाट सर्वाधिक ७४ क्याप जितेका गोल रक्षक किरणले भने । यस्तै, किरणले माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको फाइदा हुने भए पनि त्यसले खासै नेपाली टोलीलाई फरक नपर्ने प्रतिक्रिया दिए । ‘पक्कै पनि उनीहरू (माल्दिभ्स)लाई घरेलु मैदानको फाइदा हुनेछ ।

    उसका घरेलु समर्थक हुनेछन् तर त्यसले फरक पर्दैन’, किरणले भने । यता, नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको तयारी राम्रो रहेको बताउँदै सुरुवाती खेलमा माल्दिभ्ससँग खेल्न कठिन हुने बताए । ‘हामीले राम्रो तयारी गरिरहेका छौँ । सबैलाई थाहा छ, हामी फाइनलमा पुगेका छैनौँ । हामी आफ्नो राम्रो खेल दिनेछौँ । माल्दिभ्स साविक विजेतासमेत हो । ऊ राम्रो छ । माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको साथ छ । माल्दिभ्ससँग केही उच्च प्रदर्शन गर्ने खेलाडीसमेत छन् ।

    साविक विजेता (माल्दिभ्स)सँग खेल्न कठिन हुन्छ’, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्तुताइरीको अनुपस्थितिमा श्रेष्ठले भने । यस्तै, प्रशिक्षक किरणले प्रतियोगिताको बलियो टोली इण्डिया र माल्दिभ्स रहे पनि आफूहरूले उपाधि दाबेदारी प्रस्तुत गर्ने बताएका छन् । ३० असोजसम्म चल्ने साफ च्याम्पियनसिपमा नेपालसहित भारत, आयोजक माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् । भुटान र पाकिस्तान भने यस पटक प्रतियोगितामा समावेश छैनन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.