• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व असुली लक्ष्य भन्दा ४० करोड बढी

  •   शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरको भदौ महिनाको राजश्व सङ्कलन लक्ष्य भन्दा ४० करोड २७ लाख दुई हजार बढीले सङ्कलन भएको छ । भदौ महिनामा राजश्व विभागले ९३ करोड ६२ लाख ८१ हजार लक्ष्य दिइएकोमा उक्त महिनामा १ अर्ब ३३ करोड ६५ लाख ५३ हजार रुपैयाँ सङ्कलन गरेको हो । सङ्कलन भएको राजश्व मध्ये सबै भन्दा बढी अन्तःशुल्क शीर्षकबाट राजश्व असुली भएको छ भने सबै भन्दा कम व्याजदर शीर्षकमा २६ लाख ८२ हजार रुपैयाँ सङ्कलन गरेको छ ।

    जस अनुसार अन्तःशुल्क शीर्षकमा ६३ करोड ६२ लाख ४० हजार लक्ष्य दिइएकोमा १ अर्ब ११ करोड ४८ लाख ७५ हजार रुपैयाँ सङ्कलन गरेको हो । यस्तै ब्याज कर शीर्षकमा १ करोड ८० लाख ७४ हजारको लक्ष्य दिइएको थियो । शिक्षा सेवा कर र स्वास्थ्य सेवा कर शीर्षकमा भदौ महिनामा कुनै पनि राजश्व सङ्कलन भएको छैन । उक्त महिनामा शिक्षा सेवा शुल्क शीर्षकमा विभागले २ लाख रुपैयाँ र स्वास्थ्य सेवा करमा ३ लाख ४२ हजार रुपैयाँका लक्ष्य दिएको थियो । यस्तै कार्यालयको आयकर र बहाल कर तथा मूल्य अभिवृद्धि कर शीर्षकमा भने लक्ष्य अनुसार कर असुल्न हुन सकेको छैन ।

    जस अनुसार आयकर शीर्षकमा १२ करोड १३ लाख ९ हजार रुपैयाँ लक्ष्य दिइएकोमा ११ करोड ९९ लाख ९४ हजार रुपैंया सङ्कलन गरेको छ । यस्तै कार्यालयले बहाल कर शीर्षकमा २३ लाख ८२ हजार रुपैयाँ कर सङ्कलन गरेको छ । यो शीर्षकमा ३७ लाख रुपैयाँ लक्ष्य दिइएको थियो । कार्यालयले मूल्य अभिवृद्धि कर शीर्षकमा ९ करोड ६६ लाख ६० हजार कर असुल गरेको छ । यस शीर्षकमा १५ करोड ६५ लाख ४६ हजार रुपैंया लक्ष्य दिइएको थियो । कार्यालयका कर अधिकृत सुशील लम्सालले यो कार्यालयको मुख्य आम्दानीको श्रोत नै अन्तःशुल्क शीर्षक भएकोले यस शीर्षकमा बढी कर असुल हुने र अन्य शीर्षकमा कर सङ्कलनमा उतारचढाव आउने बताउनु भयो ।

    ‘हाम्रो सबै शीर्षकमध्ये ८० प्रतिशत भन्दा बढीसम्म अन्तःशुल्कबाट आउने करको हिस्सा छ , उहाँले भन्नुभयो, सबै शीर्षकमा हरेक महिना लक्ष्य अनुसार कर उठ्छ भन्ने हुँदैन ।’ चाडपर्वका समयमा मदिराजन्य पदार्थको बढी उत्पादन र बिक्री पनि हुने भएकोले भदौ महिनामा अन्तःशुल्क शीर्षकमा राजश्व सङ्कलन बढेको हो । उहाँका अनुसार आयकर तिर्ने समय पनि नभएको, नियमित उठ्ने बहाल कर स्थानीय तहमा गएको र व्यावसायिक भवनको बहाल कर पनि नियमित नउठ्ने गरेकोले शीर्षक अनुसारको लक्षित कर सङ्कलन हुन नसकेको हो ।

    ‘विभागले अघिल्ला बर्षहरूको ट्रेण्ड हेरेर हरेक शीर्षकको लक्ष्य दिएको हुन्छ । तर सोही अनुसार सबै शीर्षकमा लक्ष्य भन्दा बढी र उही अनुपातमा कर असुल भने हुँदैन ।’ लम्सालले भन्नुभयो । मूल्य अभिवृद्धि शीर्षकमा उठ्ने करमा आर्थिक गतिविधि अनुसार २ महिनापछि मात्र यसको असर देखिने उनको भनाई छ ।

    ‘कुल कलेक्सनमा हामी सन्तोषजनक छौँ, उहाँले भन्नुभयो, कोरोना कहर पनि कम भयो अब आगामी महिना कर कलेक्सनमा थप सुधार हुने आशा गर्न सकिन्छ ।’ विभागले यस कार्यालयलाई चालु आर्थिक वर्षका लागि २० अर्ब ६५ करोड २५ लाख ७ हजार रुपैयाँ लक्ष्य दिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.