• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. बिचौलियाको मारमा किसान

जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगिता नहुँदा खेलाडी निराश

  •   शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगिता कोरोनाका कारण हुन नसक्दा खेलाडी निराश बनेका छन् । कोरोना कहरका कारण विगत दुई वर्षदेखि जिल्ला, प्रदेश तथा केन्द्रीय प्रतियोगिता हुनसकेका छैनन् । तेक्वान्दो खेलाडी शिशिर श्रेष्ठ कोरोनाका कारण शारीरिक उपस्थिति भई खेल खेल्न नपाउँदा निराशा बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भर्चुअल माध्यमबाट हुने प्रतियोगिताले खासै जाँगर नआउँदो रहेछ ।” शारीरिकरूपमा उपस्थित भएर प्रशिक्षकको ऊर्जाका साथ खेल्दा खेलको आनन्द अर्कै हुने जनाउँदै उहाँले सामूहिकरूपमा खेल हुन नसक्दा खेलाडी निराश भएको बताउनुभयो ।

    सामूहिकरूपमा खेल भए नयाँ–नयाँ विधिको ज्ञान आफूहरुलाई हुने उहाँको भनाइ छ । प्रशिक्षकले दिने हौसलालाई अरुले दिन नसक्ने उहाँले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अनुसार विगत दुई वर्ष जिल्लामा खेलकुद शून्यप्रायः छ । गत वैशाखमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भएको भए पनि त्यसबाहेकका ठूला–साना प्रतियोगिता हुनसकेका छैनन् । कार्यालयका सचिव रामजी ढकालले कोरोना कहर घटेसँगै खेलकुद क्षेत्रमा केही आशा पलाउन थालेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कोरोना कहरका कारण खेलाडीमा खेलप्रतिको रुचि कम भएको हुनसक्छ, तर अब आशा पलाएको छ ।” जिल्लामा हुने ठूला प्रतियोगिताका प्रायोजक व्यावसायिक नहुँदा खेलकुदप्रति त्यति आकर्षित बन्न नसकेको उहाँको भनाइ छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रल्लाद प्रधान सरकारका कारण खेल क्षेत्र निराश भएको बताउनुहुन्छ । कोरोनाको मारमा परेको खेलकुद क्षेत्रलाई सरकारले पर्याप्त बजेटसमेत नदिँदा ठूलो समस्या परेको उहाँको भनाइ थियो । कोरोनाका कारण खेलकुदको क्यालेण्डरअनुसार कार्यक्रम गर्न नपाउँदा खेलप्रेमीमा नैराश्यता छाएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “खेल क्षेत्रबाट आफूलाई चिनाउने अवसर खेलाडीले गुमाएका छन् ।” कोरोना कहर अगाडि यहाँ राष्ट्रियस्तरका प्रतियोगिता हुने गर्दा खेल पर्यटकसमेत बढ्न लागेको उहाँको बुझाइ छ । अहिले प्रतियोगिता हुन नसक्दा यहाँका पालिकाले लिएको एक वडा एक खेल मैदान नीतिसमेत कार्यान्वयनमा आउन नसकेको प्रधानले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण बढ्नुअघि जिल्लामा हुने विभिन्न प्रतियोगिताले खेलाडीको मनोवल उच्च बनाउनाका साथै खेल क्षेत्रको विकास भएको भए पनि अहिले त्यस्तो हुन नसकेको हो ।

    प्रदेश खेलकुद परिषद् सदस्यसचिव सूर्यलाल भण्डारी कोरोनाका कारण खेलकुद क्षेत्र तहसनहस बनेको बताउनुहुन्छ । खेलाडीबिना प्रशिक्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपरेको जनाउँदै उहाँले कोरोना सङ्क्रमण घट्दै गएकाले अब प्रतियोगिता सुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खेलाडीबिना तयारी परीक्षामा सहभागी हुनुपरेको छ ।” कात्तिकदेखि प्रदेशस्तरीय प्रतियोगिता र प्रशिक्षण सुरु भएपछि खेल क्षेत्रमा केही उत्साह थपिने उहाँको भनाइ छ ।

    सङ्घ र प्रदेश सरकारबीच खेलकुद परिषद्सम्बन्धी विवाद कायमै रहेका कारण सोचेजस्तो काम हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले कानुन निर्माणका काम गरिरहेकाले जिल्ला तहमा खेलकुद हुनसकेको छैन ।” जिल्लामा स्थानीयदेखि राष्ट्रियस्तरका प्रतियोगिता हुने गरेकामा अहिले सामान्य प्रशिक्षण मात्रै भइरहेको छ । खेल क्षेत्रको विकास र उत्थानका लागि प्रतियोगिता हुन जरुरी देखिन्छ ।  रासस

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.