• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

श्रीलङ्कालाई ३–२ गोल अन्तरले हराउदै नेपाल साफ गेमको शीर्षस्थानमा उक्लियो

  •   मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपालले श्रीलंकालाई साफ च्याम्पियनसिपमा ३-२ काे गाेल अन्तरले हराए सँगै साफ शिर्ष स्थानमा उक्लिएकाे छ । च्याम्पियनसिप २०२१ अन्तर्गत राउण्ड रोबिन लिगको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई पराजित गर्यो । प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएकाे छ । नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । मनिष डाँगीले खेलको ५ मिनेट बाँकी रहँदा गरेको दर्शनीय गोल नेपालको जितको लागि पर्याप्त रहेको थियो । सोमबार श्रीलंकामाथि ३-२ को जित दर्ता गर्दै नेपालले लगातार दोस्रो जित हासिल गर्यो । नेपालको दोस्रो जितमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले १-१ गोल गरे ।

    लगातार दोस्रो जितसँगै नेपाल ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालले दोस्रो स्थानको बंगलादेशभन्दा २ अंकको अग्रता पनि लिएको छ । बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । भारतले १ खेलमा १ अंक जोड्दा माल्दिभ्स र श्रीलंका अंकविहिन छन् । माल्दिभ्सले भने १ खेल मात्र खेलेको छ । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । श्रीलंकाले खेलमा तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि नेपालले काउन्टर अट्याकमा श्रीलंकालाई समस्या दिएको थियो ।

    पहिलो हाफमा सुमन लामा तथा दोस्रो हाफमा अन्जन विष्ट र आयुष घलानले नेपालका लागि गोल गरे । श्रीलंकाका मर्विन ह्यामिल्टन र डिलन दे सिल्भाले गोलअन्तर घटाएका थिए । खेलको १९ औं मिनेटमा डिलन डे सिल्भाले एकल प्रयासमा निकालेको आक्रमणले राम्रो फिनिस पाउन सकेन । उनले बायाँ विंगमा गौतम श्रेष्ठलाई सहजै बिट गर्दै बढाएको आक्रमणको अन्तिम क्रस बाहिरिएको थियो । २४ औं मिनेटमा डिलनकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

    खेलको ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लियो । नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए । दोस्रो हाफको सुरुवातमै श्रीलंकाका गोलरक्षक नेपालको प्रयासमा बाधक बने । अन्जन विष्टले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिकलाई सुजनले डाइभ दिँदै सुन्दर बचाउ गरे । ५२ औं मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर पार्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका आयुष घलानले बायाँ विंगमा दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रबाट दिएको कटब्याकमा नवयुगको पहिलो प्रहार सफल भएन ।

    उक्त प्रहारपछि आएको रिबाउन्डमा अन्जनले सहजै गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । ५६ औं मिनेटमा काभिन्दु इशानको प्रहार गोलरक्षक बिट भइसकेको अवस्थामा सुमन अर्यालले गोललाइनबाट बल क्लियर गर्दै नेपालको २ गोलको अग्रता कायम राखेका थिए । तर त्यसै क्लिअरेन्समा बनेको मुभमा श्रीलंकाले गोल फर्कायो । मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । ६२ औं मिनेटमा काभिन्दुले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार गौतम श्रेष्ठले छेक्दै नेपालको लागि खतरा टारेका थिए । ६८ औं मिनेटमा नेपालले अग्रता बढाउने सुवर्ण अवसर खेर फाल्यो ।

    काउन्टर अट्याकमा ३ भर्सेस १ को स्थितिमा अघि बढेको नेपालका लागि मनिषको पासमा सन्तोष तामाङले गोलरक्षकलाई बिट गर्न सकेनन् । उनको प्रहार गोलरक्षक सुजनले विफल पारेपछि आएको रिबाउन्डमा आयुष पनि गोल गर्न असफल रहे । ७४ औं मिनेटमा मनिष डाँगीले काउन्टर अट्याकमा बढेको आक्रमणलाई फिनिस गर्न सकेनन् । श्रीलंकाका डिफेन्डर बिट भएपछि वन भर्सेस वनको स्थितिमा गोलरक्षक सुजनले मनिषको प्रहार बचाएका थिए । लगत्तै आयुषले अनमार्क रहेको अवस्थामा हेडरलाई पोस्टको दिशा दिन सकेनन् । ८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए । आयुषले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै नेपाललाई ३-१ ले अघि बढाएका थिए । इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाएको थियो ।

    डिलन डे सिल्भाले पेनाल्टीमा गोल गर्दै श्रीलंकालाई खेलमा फर्काएका थिए । लगत्तै श्रीलंकाका चमोदले पेनाल्टी क्षेत्र भित्र पाएको अवसर खेर फालेपछि नेपाल जितनजिक पुगेको थियो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका थिए । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गर्दै दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटेका थिए । गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा डिफेन्समा अनन्त तामाङलाई रोहित चन्दले साथ दिए । पछिल्लो खेलझैं गौतम श्रेष्ठ र सुमन अर्याल निरन्तर विंगब्याकमा रहे ।

    मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङले विशाल राईको साथ दिएका थिए । आक्रमणमा अन्जन विष्ट र नवयुग श्रेष्ठसँगै सुमन लामा अग्रपंक्तिमा थिए । दोस्रो हाफमा विशाल राईको स्थानमा आयुष घलान मैदान प्रवेश गरेका थिए । ६४ औं मिनेटमा सन्तोष तामाङ र मनिष डाँगीले सुमन लामा र नवयुग श्रेष्ठको स्थान लिएका थिए । खेलको ८४ औं मिनेटमा अन्जन विष्टको स्थानमा सुजल श्रेष्ठ मैदान प्रवेश गरेका थिए । इन्ज्युरी समयमा मनिष डाँगीको स्थानमा दीनेश राजवंशी मैदान प्रवेश गरेका थिए ।

    लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् । आजको पहिलो खेलमा बंगलादेशले उपाधिको दावेदार भारतलाई बराबरीमा रोकेको थियो । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएर खेलेको बंगलादेशले भारतलाई १-१ को बराबरीमा रोकेको हो । खेलको २६ औं मिनेटमा भारतले कप्तान सुनिल क्षेत्रीको गोलमा अग्रता लिएको थियो ।

    सुनिलले उदान्ता सिंहको कटब्याकमा पहिलो टचमा नै ६ यार्ड बक्स नजिकबाट गोल गरेका थिए । ३८ औं मिनेटमा सुनिलकै प्रहार गोलरक्षक अनिसुर रहमानले विफल पारेका थिए । ४० औं मिनेटमा बंगलादेशका बिप्लो अहमदको प्रहार गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारे । दोस्रो हाफको सुरुवाती समयमा नै बंगलादेश १० खेलाडीमा सिमित भयो । लिस्टन कोलासोलाई अन्तिम डिफेन्डरका रुपमा रहेका विश्वनाथ घोषले लडाएपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

    ६१ औं मिनेटमा अनिसुरले लगातार दुई बचाउ गर्दै बंगलादेशलाई खेलमा कायम राखे । उनले मनवीर सिंहको प्रहार विफल पारेपछि उदान्तालाई पनि गोल गर्न दिएनन् । ७४ औं मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो । कर्नरको अवस्थामा फार पोस्टमा अनमार्क रहेका येसिन अराफातले बंगलादेशका लागि हेडरमार्फत बराबरी गोल गरेका थिए । त्यसपछि भारतले लगातार आक्रमण बुनेपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.