• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अण्डाकाे मूल्य अहिलेसम्मकै उच्च

  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । चितवनलाई पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्लाका रूपमा लिइन्छ । कोरोना महामारीपछि भने अण्डाको उत्पादनमा गिरावट आएको छ । उत्पादनमा गिरावट आएपछि अण्डाको मूल्य बढेको छ ।  कोरोनाका कारण नेपालमा लेयर्स कुखुराको अण्डा उत्पादन दैनिक ३० लाख गोटाले घटेको छ । कोरोनाअघि दैनिक ६० लाख गोटा अण्डा उत्पादन हुने गरेकामा अहिले दैनिक ३० लाख गोटा मात्रै उत्पादन भइरहेको छ ।

    कोरोना महामारीमा लकडाउन हुँदा अण्डा उत्पादक किसान घाटामा पुगेका हुन् । अहिले भने अण्डा उत्पादक किसानहरू फाइदामा छन् । चितवनमा मात्र हाल दैनिक आठ लाख गोटा अण्डा उत्पादन हुने गर्छ । कोरोनाअघि यहाँ दैनिक १२ लाख गोटा अण्डा उत्पादन हुने गर्थ्याे । जिल्लामा करिब छ सयजना अण्डा उत्पादक किसान छन् । देशभर दुई हजार दुई सय भन्दा बढी छन् । पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिएको छ । कोरोनाअघि देशभरको अण्डा उत्पादनमा चितवनको मात्र करिब ५० प्रतिशत हिस्सा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईं बताउँछन् ।

    अहिले त्यो घटेर ३० प्रतिशतमा सीमित छ । ‘केहि वर्ष पहिलेसम्म चितवनको उत्पादनले ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गर्थ्याे । अहिले पूर्व र पश्चिमका विभिन्न जिल्लामा ठूला पोल्ट्री फर्महरू स्थापना भएका छन् । त्यसले गर्दा चितवनको उत्पादनले दिने योगदान घटेको छ’, उनले भने । दुई वर्षअघि एक क्रेट ठूलो अण्डाको मूल्य दुई सय रुपैयाँ थियो । कोरोना महामारी सुरु हुनुअघि पनि करिब तीन सयको हाराहारीमा थियो । महामारीका बेला किसानका अण्डा सहज रूपमा बिक्री हुन सकेन । कुखुरालाई लामो समयसम्म महंगो दाना खुवाएर पाल्नुपर्दा किसानहरु घाटामा पुगेका हुन् । अहिले भने एक क्रेट ठूलो अण्डाको मूल्य ४१५ रुपैयाँ पुगेको छ ।

    एक क्रेटमा ३० गोटा अण्डा हुन्छन् । उत्पादन घट्दा अण्डाको मूल्य बढेको हो । दानाको मूल्य दोब्बरले बढेकाले अण्डाको मूल्य बढेपनि बाहिरबाट हेर्दा जस्तो फाइदा नरहेको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले बताए । ‘दुई वर्षअघि दानाको मूल्य प्रतिकेजी ३२ रुपैयाँ थियो । त्यतिबेला सरकारले नै अण्डाको लागत मूल्य ११ रुपैयाँ ५८ पैसा तोक्यो । अहिले दानाको मूल्य दोब्बरले बढेको छ । त्यसो हुनाले लागत मूल्य पनि बढेर १५ देखि १६ रुपैयाँसम्म पुगेको छ । बाहिरबाट हेर्दा अण्डाको मूल्य बढेको जस्तो देखिए पनि भित्र वास्तविकता त्यस्तो छैन’, उनले भने । अण्डाको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल बताउँछन् ।

    ‘अण्डाको मूल्य अहिलेसम्मकै उच्च हो । यद्यपि दानाको मूल्य पनि बढेकाले किसानहरू न फाइदा न घाटाको अवस्थामा छन्’, उनले भने, ‘दानाको लागि भारत लगायतका देशबाट भटमास र मकै आयात गर्नुपर्छ । त्यसको मूल्य बढेको छ । त्यति मात्रै नभएर भन्सार शुल्क पनि बढेको छ ।’ उनका अनुसार दानाको लागि चाहिने ७० प्रतिशत भन्दाबढी भटमास विदेशबाट आयात हुने गरेको छ । कोरोनाअघि भटमास प्रतिकेजी ४५ रुपैयाँमा पाइन्थ्यो । अहिले प्रतिकेजी ११५ रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् ।

    त्यसैगरी, कोरोनाअघि प्रतिकेजी २२ रुपैयाँसम्ममा पाइने मकै अहिले ३५ रुपैयाँसम्म पर्ने गरेको उनले बताए । यस्तो वस्तुको आयातमा सरकारले भन्सार शुल्क चार प्रतिशतबाट बढाएर ११ प्रतिशत पुर्‍याएको उनी बताउँछन् । हाल नेपालमा प्रति हप्ता एक लाख ५० हजार गोटा लेयर्सका चल्ला र दैनिक तीन हजार मेट्रिक टन दाना उत्पादन भइरहेको मञ्चले बताएको छ । मञ्चले शुक्रबार २६औँ विश्व अण्डा दिवस मनाइरहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.