• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोना बिशेष अस्पताल चोरी प्रकरणः तिन जान बिरुद्ध किटानी जाहेरी दर्ता

  •   मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जनप्रतिनिधिहरुले कोरोना बिशेष अस्पतालमा भएको चोरीको बिरुद्धमा वुझाएको किटानी जाहेरी दर्ता भएको छ । भरतपुर महानगरपालिकाका नेपाली कांग्रेससम्बद्ध जनप्रतिनिधिहरुले भरतपुर कोरोना विशेष(अस्थायी) अस्पतालको जिन्सी अपचलन (चोरी)काण्डमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्न माग गर्दै प्रहरीमा बुझाएको किटानी जाहेरी आज दर्ता भएको हो । घटनामा संलग्न कर्मचारीहरुलाई निलम्बन गर्न माग गर्दै आएका महानगरका उपमेयर तथा वडाध्यक्षहरुले मेयरले कारबाहीको विषयमा चासो नदेखाएको भन्दै आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी बुझाएका थिए । वार्ताबाट समस्या समाधान गरौं भनेर लामो समयसम्म प्रयास गर्दा पनि वेवास्ता गरिएपछि महानगरको ईज्जत जोगाउन चोरीमा मुछिएका लाई कारबाही गर्न आफैले उजुरी दिएको भरतपुर–२१ का वडाध्यक्ष चित्रसेन अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त उजुरीको दर्ता नम्बर ७६६ रहेको छ । उहाँले घटनाको अनुसन्धानगरी दोषीलाई कारबाही गर्न माग गरिएको बताउनुभयो । उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । उजुरी लिएर हिजै प्रहरी कार्यालय पुगेपनि आजमात्रै दर्ता भएको हो । वडा अध्यक्षहरु अधिकारी, चन्द्रमित्र पण्डीत र दामोदर न्यौपानेले संयुक्त रुपमा उजुरी बुझाउनु भएको हो । महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरले घटनाको विषयमा प्रतिवेदन तयार पार्न आफ्नो नेतृत्वमा समिति बनाएपनि उक्त समितिले दिएको रायलाई वेवास्ता गरिएको बताउँदै आउनुभएको छ । प्रमुख एकतर्फी रुपमा अघि बढेको भन्दै उहाँले यसको बिरोधमा उत्रन बाध्य भयो । कोरोना अस्पतालको स्टोरबाट सामान अन्यत्रै लगिएको जस्तो देखिने सीसीटीभी फूटेज बाहिरिएपछि कांग्रेस वडाध्यक्षहरुले फूटेजमा देखिएका कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका थिए । फूटेजमा महानगरका लेखाअधिकृत फडिन्द्र खनाल र स्वास्थ्य कर्मचारी सूर्य तिवारीसहित भरतपुर अस्पतालका सञ्जय बराल देखिएका छन् । स्टोरबाट सामान चोरी गरी बिक्री गरेको आरोप उनीहरुलाई लागेको छ । फूटेजसँगै अस्पतालमा लाखौं अनियमितता भएको आरोप लागेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । मेयर दहाल र उहाँ निकटका वडाध्यक्षहरुले भने अख्तियारले अनुसन्धान गरिरहेको भन्दै अन्य अनुसन्धान तथा कारबाही तत्कालका लागि आवश्यक नरहेको बताउँदै आएका छन् । राय लिनका लागि उपमेयरको नेतृत्वमा बनेको समितिमा रहेका कानूनी सल्लाहकारहरुले समेत अख्तियारको निर्णय कुर्न राय दिएका थिए । तर कांग्रेस निकटका जनप्रतिनिधिले भने अख्तियारले चोरीको विषयमा नभई अस्पतालका अन्य कारोबारको विषयमा मात्रै अनुसन्धान गरिरहेको भन्दै महानगरले नै कारबाही गर्नुपर्ने अडान राखेका छन् । कोरोना अस्पतालको उक्त घटनासँगै दुई कित्तामा उभिएका भरतपुर महानगरपालिका मेयर र उपमेयरको टोली बीच पटक–पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको थिएन । महानगरले गरेको औपचारिक कार्यक्रमसमेत बहिस्कार गरेर आन्दोलनमा रहेका कांग्रेसका वडाध्यक्षको अगुवाइ गर्दै उपमेयर सडकसम्म पुगेकी थिइन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.