• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कैलालीका किसानलाई खेतमै दसैं

  •   मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । घरघरमा जमारा राखिएका छन् । कतै चर्खे पिङ त कतै दसैं मनाउँन गाउँ फर्किएकाहरू आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । कोही दसैं मनाउँन घर पुग्दै छन्, नजिक हुनेहरू काेही घर जाने तरखरमा छन् । यतिवेला हिन्दुहरूलाई महान चाड दसैंकाे उल्लासले छाेइसकेकाे छ । शहरीयाहरू गाउँ केन्द्रित हुँदा गाउँकाे वातावरण दसैंमय बनेकाे छ ।

    कैलालीका किसानलाई भने खेतमै दसैं छ । धान भित्र्याने समयमै दसैं सुरु भएपछि यहाँका किसान खेतबारीमै व्यस्त बनेका हुन् । बिहानीको सूर्यको किरण नझुल्किदै खेतमा पुग्ने किसान त्यही भलाकुसारी गर्छन् । दुःख सुख त्यही बाँड्छन् । अझ भन्नु पर्दा किसानका लागि खेतमै दसैं छ । ‘खाने अन्नलाई चटक्कै छोडेर पिङमा कहाँ रमाइलो लागछर,’ धनगढी-३ का किसान हेमराज विष्टले भने, ‘सुखले धान भित्र्याउन पाए हाम्रा लागि दसैंभन्दा बढी खुशी हुन्छ, दसैं त खेतमै मनाउँलानी !’ किसानलाई सबैभन्दा बढी चिन्ता खेती भित्र्याउन हुने गरेकाे उनले बताए ।

    ‘जसरी परिवारका सदस्यको माया हुन्छ, त्यसरी नै खेतमा लगाएको बालीको पनि माया लाग्ने गर्दछ,’ भट्टले भने, ‘परिवारका सदस्यलाई बिर्सेर को रमाउन सक्दछ र ?’ कैलालीका अधिकांश स्थानमा असोजको दोश्रो सातामै धान पाकिसकेको भएपनि वर्षा नरोकिदा समयमै किसान खेतमा पस्न सकेनन् । जसले गर्दा दसैंमा किसानलाई धान काट्न भ्याईनभ्याई छ । ‘यस वर्ष केही ढिला सम्म मनसुन सक्रिय भएपछि किसान धान काट्न हतारिएनन्,’ कैलालीको गोदावरी नगरपालिका–५ का किसान रामदाश रानाले भने, ‘असोज तेस्राे सातापछि मात्रै किसान खेतमा धान काट्न निस्केका छन्, त्यसैले यस वर्ष किसानको दसैं खेतमै हाेला जस्ताे छ।’

    एक दिन रमाएर वर्ष भरी भोकै बस्नुभन्दा खेतमै रमाउनु उचित हुने धनगढी–१२ का किसान केशव उपाध्याय बताउँछन् । ‘हुनत दसैं पनि वर्षमा एकपटक मात्रै आउँछ,’ उपाध्याय भन्छन्, ‘दसैं पनि मनाउनु पर्दछ, तर बालीलाई बिर्सेर दसैं मनाउन मनले मान्दैन, वर्ष भरी चाहिने अन्न नभित्र्याई कसरी दसैं मनाउनु ?’ कैलालीका किसान यतिवेला धान भित्र्याउ व्यवस्त बनेका भन्दै उनले कसैले धान भित्र्याई सकेका र केही भित्र्याउने तयारीमा रहेका बताए ।

    ‘तर धान भित्र्याएका किसान पनि खेतभन्दा टाढा गएर रमाउन सक्दैनन्,’ उनले भने, ‘सहकार्यमा गरिने खेतीमा सबैको काम नसकिए सम्म कोही फुसर्दिला हुँदैनन् ।’ खेतमा धान पाकेर तयार भइसकेकाले काटेर भित्र्याउन थालेको धनगढी–१० घुइयाघाटका रामप्रसाद रानाले बताए । ‘पाकेको धान काटेर भित्र्याउन थालेका छौँ,’ उनले भने, ‘गाउँतिर सबै धान भित्र्याउन ब्यस्त छन् ।’ कैलालीमा धान काट्ने आधुनिक मेसिन भित्रिए पनि सबै किसान त्यसको पहुँचमा अझै छैनन् ।

    धान काटेर मेसिनले धान छान्ने काम मात्रै यहाँका किसानले गर्दै आएका छन् । तर धान काट्ने र धान रोप्ने काममा भने अझै परम्परागत तरिका अपनाइने गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा यस वर्ष ७० हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । वर्षा समयमै भएका कारण यस वर्ष कैलालीमा ७२ हजार हेक्टर क्षेत्रफल जमिनमा धान राेपिएकाे ज्ञान केन्द्रकाे तथ्यांक छ । कैलालीमा करिब ५५ प्रतिशत जमिनमा वर्षभरी नै सिंचाइको सुविधा छ ।

    यो वर्ष आवश्यकता अनुसार पानी परेकाले धान खेती राम्रो भएको किसानले बताएका छन् । खेती राम्रो भएकाले उत्पादन पनि बढ्ने अपेक्षा गरेकाे धनगढी-३ का किसान सोनु रानाले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.