• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

स्वास्थ्यमन्त्री खतिवडालाई गृहजिल्लामा भ्याई नभ्याई, एकैदिन सात कार्यक्रममा सहभागी

  •   मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई भयो। मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले सोमबारमात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका हुन्। एकीकृत समाजवादी मकवानपुरले आयोजना गरेको बडा दशैं, तिहार तथा छठ पर्वका अवसरमा विहान आयोजित चियापान कार्यक्रममा सहभागी बने भने अन्य विभिन्न कार्यक्रममा पनि मन्त्री खतिवडा सहभागी बने। यस्तै, मन्त्री खतिवडाले व्यवसायी राजकुमार न्यौपाने र रामहरी न्यौपानेका स्वर्गीय पितालाई श्रद्धान्जली अर्पण गर्ने कार्यमा सरिक भए।

    विगतमा एमालेबाट निर्वाचित ९२ वर्षीय जनपक्षीय जनप्रतिनिधि घननाथ अधिकारीलाई मन्त्री खतिवडाले भेटे भने मन्त्री खतिवडाले वि.सं.२०२८ सालमा प्रवेशिका उर्त्तिण गरेको भुटनदेवी माविस्थित भुटनदेवी एल्मुनाइ एशोसिएसनले आयोजना गरेको कार्यक्रममा सहभागी बने। यसैगरी, मन्त्री खतिवडा हेटौंडा अस्पतालको अवलोकन तथा छलफलमा सहभागी बने भने खतिवडा बन्धु समाजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भए। गृहजिल्लामा मन्त्री खतिवडालाई मंगलबार विभिन्न २१ वटा संघसंस्थाले स्वागत तथा सम्मान गरेको थियो।

    मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी संघ हेटौंडा, नारायणी यातायात कम्पनी प्रा.लि., निर्माण व्यवसायी संघ मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता मञ्च मकवानपुर, लायन्स क्लव, नेपाल पत्रकार महासंघ मकवानपुर, सामुदायिक सेवा प्रहरी केन्द्र मकवानपुर, नेपाल औषधि व्यवसायी संघ,कृष्ण प्रणामी समाज मकवानपुर, मारवाडी एशोसिएसन मकवानपुर, नारायणी पेट्रोलियम बिक्रेता संघ, सार्वजनिक मकवानपुर यातायात प्रा.लि., मकवानपुर बचत तथा ऋण सहकारी संस्था, मकवानपुर जागरण अभियान, अफिन, नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, नेपाल अटो ईरिक्सा व्यवसायी संघले मन्त्री खतिवडालाई स्वागत तथा सम्मान गरेको हो। त्यसैगरी, मन्त्री खतिवडाले आजै पुरानो वामपन्थीको आधार क्षेत्र मकवानपुरको फाखेलमा गएर कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गरे।

    यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४,सितलमहलचोकस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता भेटघाट पनि मन्त्री खतिवडाले गरे। मन्त्री खतिवडा सहभागी सबै कार्यक्रममा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल र उप सचिव जीवन लामाको आतिथ्यता थियो।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.