चितवन । चितवनमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २५ हजार ५ सय १४ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा ३३ जनामा संक्रमण पुष्टि भएको छ । दुई सय ५८ पीसिआर र ४ एन्टिजेन परीक्षण गरिएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको भएको हो । जसमध्ये भरतपुर महानगरपालिकाका मात्रै ३२ जना रहेका छन् ।
अर्का एक संक्रमित खैरहनीका हुन् । संक्रमित मध्ये ३३० जना आइसोलेसनमा छन् । जसमध्ये दुई सय ९९ जना होम आइसोलेसनमा छन् भने ३१ जना अस्पतालमा छन् ।








