सांकेतिक तस्विर
तेह्रथुम । तेह्रथुममा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । छथर गाउँपालिका वडा नं – ३ ज्यामिरेका ५४ वर्षीय गोबिन्द बहादुर लिम्बुको उनकै श्रीमती ५२ वर्षीया भक्त कुमारी लिम्बुको कुटपिटबाट मृत्यु भएको हो ।
आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको हो । उनीहरुबीच आफ्नै घरमा झगडा भएको हो । कुटपिटका क्रममा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्द बहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
वेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान रिफर गरिएको छ । प्रहरीले मृतक गोबिन्द बहादुरको शव पोष्टमार्टमको लागि शव गृहमा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








