• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

राजश्व छल्ने १२ व्यवसायीविरुद्धका मुद्दा दर्ता रोकियो

  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राजश्व छल्ने १२ व्यवसायी विरुद्धका मुद्दा तत्काललाई रोकिएको छ।

    कोरोना महामारी र जारी लकडाउनका कारण उद्योग/व्यवसाय कमजोेर भइरहेका बेला व्यवसायीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउँदा नकारात्मक असर पर्ने भन्दै सरकारले अहिलेलाई मुद्दा दर्ता स्थगन गरेको हो।

    सरकारले ती एक दर्जन मुद्दालाई सरकारले ‘ओइटिङ लिस्ट’ मा राखेको हो।

    राजश्व अनुसन्धान विभागले लकडाउनपछि अदालतमा कुनै मुद्दा दर्ता नगराइएको जानकारी दिएको हो। यस्तो संकटका बेला व्यवसायीको मनोबल नगिरोस् भनेरै मुद्दा दर्ता हाललाई रोकिएको समेत उसले जानकारी दिएको छ।

    विभागका महानिर्देशक दीर्घराज मैनालीले लकडाउन अवधिमा राजश्व छल्ने, राजश्व छली गर्नेविरुद्ध अनुसन्धान गरिरहेको तर कारबाही प्रक्रिया रोकिएको जानकारी दिए।

    साथै उनले त्यति धेरै ठूलो कसुर नगर्नेलाई त यो संकटका बेला माफी नै दिइएको पनि बताए। ‘यो अवधिमा गम्भीर त्रुटि गर्नेलाई मात्र कारबाहीका लागि अनुसन्धान प्रक्रिया अपनाइएको हो।’

    लकडाउन खुलेर व्यावयायिक क्षेत्र राम्रोसँग चल्न थालेपछि भने उनीहरूविरुद्ध पनि कारबाही प्रक्रिया थालिने उनको भनाइ छ।

    गत चैत ११ गते अर्थात् लकडाउन सुरु हुनभन्दा अघि नै राजश्व चुहावट गरेका केही व्यवसयाीको मुद्दा ‘ओइटिङ लिस्ट’मा राखिएको हो। राजश्व चुहावट अध्ययन गरेर मुद्दा दायर हुनै लाग्दा लकडाउन सुरु भएकाले यो काम रोकिएको हो।

    त्यस्तै लकडाउनकै बेला पनि राजश्व चुहावट गर्ने व्यवसायी थुप्रै छन्। तीमध्ये केहीको अनुसन्धान अन्तिम चरणमा पुगिसकको छ भने केहीको सुरुवाती चरणमै रहेको राजश्व विभागले जनाएको छ। चुहावटको प्रकृति हेरेर मुद्दा अघि बढाइने विभागले जानकारी गराएको छ।

    विभागले अदालतमा पेस गर्न लागेका राजश्व चुहावटका मुद्दाको सूचीमा केही ठूला घराना पनि छन् भने केही साना व्यवसायी तर ठूलो मात्रामा राजश्व चुहाटव गर्नेहरू छन्।

    यसमा विशेषगरी विदेशबाट वस्तु आयात गर्ने क्रममा भन्सार राजश्व छल्नेहरू छन् भने नेपालमै उत्पादित वस्तु पनि सरकारले तोकेको मापदण्ड नाघेर बजारीकरण गरी राजश्व छल्ने व्यवसायी पनि यो सूचीमा परेका छन्।

    यसैगरी गुणस्तरहीन वस्तु सस्तोमा आयात गरेर नेपालमा बेच्ने व्यापारी पनि यो सूचीमा रहेको विभागले जानकारी दिएको छ। सबै गरेर यस्ता एक दर्जन मुद्दा रहेको विभागले जनाएको छ।

    राजश्व विभाग मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय मातहत आएपछि मुद्दा दर्ता प्रक्रिया बढाइएको थियो।

    विगतको भन्दा झण्डै ५० प्रतिशत मुद्दा विभागले अघि बढी बढाएको छ। अर्थ मन्त्रालय मातहत रहेको यो विभाग हालको सरकार बनेपछि प्रधानमन्त्री कार्यलयमा गएको थियो।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.