पर्सा । रौतहट जिल्लामा बिहीबार ५७ जना नयाँ कोराना संक्रमित थपिएका छन्। जिल्लाको ४ वटा नगरपालिकाहरुमा गरि ५७ जना नयाँ कोरोना संक्रमितहरु थपिएको जिल्ला स्वास्थय कार्यालय रौतहटले जनाएको छ। जसमध्ये सबैभन्दा बढी परोहा नगरपालिकामा ४९ जना, राजपुर फहददवाका चारजना गढिमाइका ३ जना र कटहरिया नगरपालिकामा एक जना नयाँ संक्रमित थपिएका हुन। बिहीबार संक्रमणको पुष्टि भएका सबै जना बिभिन्न समयमा भारतबाट फर्केर क्वारेन्टाईनमा बस्दै आएका थिए। जिल्लामा हालसम्म १ सय २ जना सँक्रमितहरु निको भएर घर फर्केका छन्।








