• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन सहित आठ जिल्लाको स्वाब परिक्षण गर्दै भरतपुर कोभिड प्रयोगशाला

  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँको कोभिड १९ प्रयोगशालाले चितवन सहित आठ जिल्लाको स्वाब परिक्षण गर्दै आएको छ । वागमती प्रदेशको हेटौडामा प्रयोगशाला भए पनि मेडिकल सिटि भएकाले यहाँ पनि प्रयोगशाला संञ्चालनमा ल्याईएको थियो । प्रयोगशाला हेर्दै आउनु भएकी डा. नितु अधिकारीका अनुसार आज सम्म आठ जिल्लाका ३ हजार ४ सय २५ स्वाब परिक्षण गरिसकिएको छ । चितवन सहित नवलपुर, मकवानपुर, धादिङ्, नुवाकोट, रुपन्देही, सल्यान र अर्घखाँची जिल्लाबाट परिक्षणका लागि स्वाब पठाउने गरिएको छ । दैनिक २ सय हाराहारी स्वाब परिक्षण गर्ने गरिएको छ । अधिकारीका अनुसार अहिले पनि परिक्षणका लागि एक हजार स्वाब रहेका छन् । अहिले भै रहेका स्वाब परिक्षण गर्न पाँच दिन लाग्ने छ । चितवन , धादिङ्, नुवाकोट, नवलपुर, सल्यान र अर्घखाँचीका स्वाब परिक्षण गर्न बाँकी रहेका छन् । चैत २१ गतेबाट सञ्चालमा आएको प्रयोगशालामा सात जना प्राबिधिक र तीन जना सहयोगी कार्यरत रहेका छन् । ती प्राबिधिक मध्ये १ जना स्वास्थ्य कार्यालय, २ जना विपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, २ जना चितवन मेडिकल कलेज र बाँकी भरतपुर अस्पतालका हुन । अधिकारीले भन्नुभयो “थोरै जनशक्तिले धेरै काम गर्नु परेको छ ।” उहाँका अनुसार बिहान ९ वजे कार्यालय पुगेका कर्मचारी कहिले काहीँ भोलिपल्ट ९ वजे सम्म काममानै हुन्छन् । नतिजा पोजेटिभ देखिए र स्पष्ट नभएर पुनः परिक्षण गर्नुपर्ने भएमा भोलिपल्ट सम्मनै काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । सामान्य अबस्थामा राती ८/९ वजे सम्म काम सकीने भए पनि स्पष्ट नतिजा नभएमा पुनः परिक्षण गरेर काम गर्दा मध्यरात र विहानै सम्म लाग्ने गरेको उहाँको भनाई छ । भरतपुर महानगरपालिकाको अगुवाईमा भरतपुर कोरोना बिशेष अस्पताल स्थापना संगै प्रयोगशाला संञ्चालनमा ल्याईएको हो । कृषि तथा वन बिज्ञान विश्वबिद्यालयको प्रयोगशालाका सामाग्रीमा उपकरणहरु थप गरि भरतपुर अस्पतालले हेर्ने गरि प्रयोगशाला संञ्चालनमा आएको हो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीका अनुसार राजधानी वाहिरको उत्कृष्ठ प्रयोगशालाको रुपमा यहाँको प्रयोगशालाले काम गरिरहेको छ । बिभिन्न स्वास्थ्य संस्थाका प्राबिधिक जनशक्तिको सहयोग लिएर प्रयोगशाला संञ्चालनमा छ । उनीहरुको चौबीसै घण्टाको मेहनतकै कारण प्रयोगशााला उत्कृष्ठ भएको उहाँले बताउनुभयो । तिवारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको स्विकृत लिएर २ जना टेक्नोलोजीष्ट थप गर्न लागिएको छ । भरतपुर अस्पता बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले राजधानी बाहिरको सबै दबाब थेग्न यो प्रयोगशाला सक्षम भएको बताउनुभयो । अहीले सम्म पुनः परिक्षण गर्दा फरक नआएको भन्दै उहाँले गुणस्तरमा पहिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो “उहाँहरुको जुन मिहीनेत छ त्यसलाई म सलाम गर्न चाहान्छु र जसले संकटमा सहयोग गरेको छ ।” उभिएर पिपिई लगाएर काम गर्न निकै कठिन हुने भन्दै उहाँले चौबीस घण्टा सम्म जो कोहीले खट्न नसक्ने बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.