नवलपुर । नवलपुर जिल्लाको गैडाकोट नगरपालीका वर्डा न १ जौजुवा टोलमा सयपत्री फूल फुल्न ढकमक्क फुल्न थालेको छ । स्थानिय सुर्य प्रसाद चालिसेले बारीमा फूल फुलेसंँगै बिक्री गर्न पनि शुरु भएको छ । ४ कठ्ठा क्षेत्रफलमा उहाँले ब्यबसायिक फूल खेती गर्नुभएको हो । तिहार पर्वलाई लक्षित गरि फूल खेती गरे पनि अगाबै फुल्न थालेपछि बिक्री पनि सुरु गरेको चालिसेले जानकारी दिनुभयो ।
ढकमक्क फुलेका सयपत्री फूलहरुलाई उहाँले थुङ्गा र माला बनाई बिक्री गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ मैले होलसेलमा लिनेहरुलाई प्रति थुङ्गाको रु ३ र खुदा्रमा लिएर जानेहरुलाई प्रति थुङ्गा रु ५ मा बिक्री गरिरहेको छु ।” उहांँको बारीबाट कसैले माला बनाएर लैजान चाहेमा पनि उक्त सुबिधा उपलब्ध रहेको छ ।
साथै तिहार छठ आदि पर्बका लागि फूलको बुकिङ समेत सुरु गरिएको चालिसेले जानकारी दिनुभयो ।








