चितवन । चितवनको भरतपुर स्थित चौबिसकोठीमा सरकारविरुद्ध प्रदर्शन भएको छ। बिहिवार चौविसकोठी चोकमा भेला भएका युवाहरुले सरकारको पछिल्लो कामको विरोधमा शान्तिपुर्ण विरोध प्रदर्शन गरेका हुन। कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै युवा–युवतीहरु सडकमा विभिन्न विरोधका प्ले कार्ड प्रर्दशन गर्दै विरोध गरेका थिए ।
शतप्रतिशत पीसीआर टेस्ट गर्नुपर्ने, राष्ट्रपति कार्यालयमा कार्पेटको साटो पीसीआर कीट खरिद गर्नुपर्ने, अनियमितता छानविन गर्नुपर्नेलगायतका प्ले कार्ड बोकेर शान्तिपूर्ण रुपमा बिरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागिले सरकारलाई खबरदारी गर्नका लागि शान्तिपूर्ण बिरोध प्रदर्शन गरिएको बताएका छन् । प्रदर्शनमा झण्डै पाँच सयको हाराहारीमा युवा–युवतीहरु स्वतस्फूर्त रुपमा प्रदर्शनमा निस्किएका थिए । आन्दोलनमा सहभागि युवा अच्युतराज भट्टले कोरोनाको उपचारमा सरकार गम्भिर नदेखिएकोले झकझकाउनका लागि सांकेतिक बिरोध गरिएको बताए । यस्तै युवा राजेश भुषालले पनि सरकारले विभिन्न झुटा कुराहरु बोलेर जनतालाई झुक्याउन उद्धत रहेकाले शान्तिपूर्ण आन्दोलन गरिएको बताए ।








