हेटौंडा । मकवानपुरमा शुक्रबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ६१ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो।
मकवानपुरको आजको कोरोना संक्रमित दर १९ प्रतिशत रहेको छ।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५३५४ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना मुक्त भएका छन।विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका ६ जना कोरोना मुक्त भएका हुन।
हाल सम्म मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ५३ रहेको छ।








