• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विश्वभर आज संयुक्त राष्ट्रसंघ दिवस मनाइँदै

  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । आइतबार संयुक्त राष्ट्रसंघ स्थापना भएको दिन अर्थात अक्टोबर २४ । आजकै दिन सन् १९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो । संयुक्त राष्ट्रसंघ दिवस, सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रको बडापत्र लागू भएको दिनको वार्षिकोत्सवको रूपमा मनाइन्छ ।

    युद्ध रोक्न, मानवअधिकारको रक्षा गर्न, जीवनस्तरलाई उकास्न, अन्तर्राष्ट्रिय कानुनको पालना गराउन, विभिन्न प्रकारको रोगसँग जुध्नेलगायतका काम गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो ।  विश्वहितको लागि काम गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न संस्था तथा निकायहरू रहेका छन् ।

    अन्तर्राष्ट्रिय अपराध आयोग

    हेगमा मुख्य कार्यालय रहेको यस आयोग युगोस्लाभियामा युद्ध अपराधका शंस्कास्पद व्यक्तिमाथि मुद्दा चलाउनको लागि स्थापना भएको थियो । अहिले यसले संसारभर भएको आपराधिक घटनाको अध्ययन तथा निक्र्योल गर्ने गर्दछ ।

    युनिसेफ

    युनिसेफले बालबालिकाको स्वास्थ्य, शिक्षा तथा सुरक्षाको क्षेत्रमा काम गर्ने गर्छ ।

    युएनडिपी

    यस संस्थाले गरिबीको क्षेत्रमा काम गर्छ ।

    संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलन

    संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनले विश्व व्यापार, लगानी तथा विकासको मुद्दासँग सम्बन्धी रहेर काम गर्छ ।

    संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद्

    यसले अन्तर्राष्ट्रिय स्तरमा आर्थिक तथा सामाजिक सहयोग गर्न तथा विकास कार्यक्रममा सहायता गर्ने काम गर्छ । साथै यो संस्था अन्तर्राष्ट्रिय स्तरमा शान्ति कायम गर्नसमेत प्रयासरत रहेको छ ।

    युनेस्को

    पेरिसमा मुख्य कार्यालय रहेको यो संस्था शैक्षिक सांस्कृति तथा वैज्ञानिक ंसंगठन हो । शिक्षा, विज्ञान, संस्कृति तथा सञ्चारको विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

    संयुक्त राष्ट्र राजदूत

    जेनेभामा रहेको यस संस्थाले शरणार्थीको अधिकार सुनिश्चित गर्नुको साथै उनीहरूको कल्याणको क्षेत्रमा काम गर्ने गरेको छ ।

    संयुक्त राष्ट्र पर्यावरण सुरक्षा (युएनईपी)

    संयुक्त राष्ट्र पर्यावरण सुरक्षा (युएनईपी)को मुख्य काम विश्वको पर्यावरणको रक्षा गर्नु हो ।  यसको मुख्य कार्यालय नैरोबीमा रहेको छ ।

    विश्व खाद्य कार्यक्रम

    रोममा रहेको यस संस्थाले भोकमरी निवारणमा काम गर्छ । आवश्यक देशहरूमा यसले खाद्यान्न उपलब्ध गराउने गरेको छ ।

    अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)

    संसारभर रहेका श्रमिकहरूको हितमा यस संस्थाले काम गर्ने गर्छ । मजदुर तथा श्रमिकको अधिकारलाई रक्षा गर्न यसले अन्तर्राष्ट्रिय मापदण्ड तथा नियमहरू बनाउने गर्दछ ।

    खाद्य तथा कृषि संगठन

    यो संयुक्त राष्ट्र संघको एउटा विशेष एजेन्सीको रूपमा रहेको छ । यसले भोकमरी निवारणको लागि अन्तर्राष्ट्रिय स्तरमा काम गर्दछ । यसले विश्वका १३० भन्दा बढी मुलुकमा काम गर्ने गर्दछ । इटलीको रोममा यसको प्रधानकार्यालय रहेको छ ।

    अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)

    अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले विश्वभर रहेका परमाणु ऊर्जाको निगरनी गर्दछ । आणविक ऊर्जाको खोज तथा यसबाट हुनसक्ने जोखिमको रोकथामका लागि सन् १९५७ मा यस एजेन्सीको स्थापना गरिएको थियो । यसको मुख्य कार्यालय विएनामा रहेको छ । यस संस्थाले मुख्यतः परमाणु निगरानीको क्षेत्रमा काम गर्दछ ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन विश्वका १९३ देशको आर्थिक सहयोगमा संचालन भएको संस्था हो । विश्वव्यापी नागरिक उड्डयन प्रणालीको दिगो विकास हासिल गर्नु यसको मुख्य उद्देश्य हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन को लागी यसले ग्लोबल फोरमको रूपमा सेवा प्रदान गर्दछ ।

    वर्ल्ड बैंक

    विकासशील देशहरूका लागी धन र ज्ञानको सबैभन्दा ठूलो स्रोतहरूमध्यको एक वर्ल्ड बैंक हो ।

    यस अन्तर्गत पाँच संस्थाहरू छन् । पुनर्निर्माण र विकासको लागि अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय विकास संघ, अन्तर्राष्ट्रिय वित्त निगम, बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सी र लगानी विवादको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय केन्द्र । यी संस्थाहरूले गरिबी घटाउने, साझा समृद्धि बढाउने र दिगो विकासलाई प्रवद्र्धन गर्ने क्षेत्रमा काम गर्ने गरेको छ ।

    विश्वका १९३ राष्ट्र सदस्य रहेका यस संस्थाले हाल विश्वभर १२ हजारभन्दा बढी परियोजना सञ्चालन गरेको छ भने करिब ४६ अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)

    विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय जनस्वास्थ्यमा समन्वय गर्ने अधिकारको रूपमा काम गर्नुको साथै स्वास्थ्य, सरसफाइ र रोगहरूसँग सम्बन्धित क्षेत्रमा काम गर्दछ । साथै महामारीको समयमा संसारभर डब्लूएचओले नै मद्दत गर्ने गर्दछ ।

    ७ अप्रिल १९४६ मा यस संस्थाको स्थापना भएको थियो । विश्वका १९४ देश सदस्य रहेको यस संस्थाको मुख्य कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ । यीबाहेक पनि संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न निकायहरू छन् । जे होस् विश्व समुदायलाई एक ढिक्का बनाई सधैँ र सबैको विकास गर्दै मानव जातिको रक्षा गर्नु नै संयुक्त राष्ट्र संघको प्रमुख उद्देश्य रहेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.