• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनमै मृगौला प्रत्यारोपण केन्द्रको माग

  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मृगौला रोगका कारण प्रभावित भएकाहरुले सरकारी स्तरमा समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले निजी अस्पतालमा महंगो पर्ने र सरकारीमा लामो पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । मृगौला पीडित सरोकार समाज, नेपाल जिल्ला शाखा चितवनले आज आईतबार भरतपुर अस्पतालमा मृगौला रोग सचेतना कार्यक्रम आयोजना गरी गुनासो गरेका हुन् । अस्पतालमा उपचारका क्रममा पालो कुर्दा कुर्दै मृगौला पीडितहहरुले मृत्यु वरण गर्नु पर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

    समाजका सल्लाहकार जीवनाथ पराजुलीले निजी अस्पतालमा मृगौलाको उपचार महंगो हुने र सरकारी अस्पतालमा पालो कुर्नु पर्ने बाध्यताका कारण बिरामीहरुले मृत्यु वरण गर्नु पर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारीमा पालो पाईदैन । निजी अस्पतलहरुले सरकारसँग सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रकृया सुरु नै गर्दैनन् ।” साउन यता निजी अस्पतालहरुले नयाँ बिरामी भर्ना नगर्दा समस्या आएको उहाँको भनाई छ । भरतपुर अस्पतालले निःशुल्क रुपमा मृगौला डायलासिस गर्दै आएको छ ।

    नीजि अस्पतालमा यो सेवा एक पटकमा रु १० हजार सम्म खर्च हुने भएकाले महंगो भएको नवलपुरका टिकाराम भट्टराईले बताउनुभयो विगत ९ वर्षदेखि छोरीको मृगौलाको डाइलासीस गराउँदै आउनु भएका भट्टराईले भरतपुर अस्पतालमा पालो नपाए पछि निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचार गराउन बाध्य भएको बताउनुभयो । निजी अस्पतालमा उपचारका क्रममा ठूलो रकम खर्च भएकाले सरकारी अस्पतालमा मृगौला प्रत्यारोपणको काम सुरु गर्नु पर्ने उहाँले बताउनुभयो । बिरामीको चाप बढ्दै जाँदा उपचार पाउने सम्भावना कम हुँदै गएकाले सेवा बिस्तार गरेर भए पनि उपचार सेवा रोक्न नहुने उहाँको भनाई छ ।

    बिरामीहरुले यहाँ उपचार नपाएर काठमाडौंसम्म जानु पर्ने बाध्यता रहेको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् । उपचारको समयमा रगतको अभाब हुनु, समयमा पालो नपाउने जस्ता कारणले बिरामीले दुःख पाउने गरेको उनीहरुको भनाई थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले अस्पतालमा सम्भव भएसम्मका बिरामीलाई उपचार दिंदै आएको बताउनुभयो । अस्पतालमै मृगौला प्रत्यारोपणको सुविधा दिन सके अझै राम्रो हुने बताउँदै उहाँले त्यसका लागि पहल गरिने बताउनुभयो । उहाँले मृगौला रोग लाग्नबाट बच्न जनचेतना जगाउनु पर्नेमा जोड दिनुभयो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण पौडेलले अस्पतालमा अहिले १ सय १२ जना बिरामीको उपचार भईरहेको र ३० जना पालोको प्रतिक्षामा रहेको जानकारी दिनुभयो ।

    कतिपय बिरामीका आफन्तले उपचार गर्न नसक्ने भन्दै घरमा लैजाने गरेको उहाँले बताउनुभयो । यस अस्पतालमा वि.सं. २०७४ सालबाट यो सेवा सुरु भएको भए पनि ०७६ सालबाट मात्रै बिषेशज्ञ सेवा दिन सकेको भन्दै उहाँले सेवा बिस्तार गर्दै अस्पतालको सि भवनमा २० शैयाका डायलासिस वार्ड बनाउने तयारीमा रहेको जानकारी दिनुभयो । अस्पतालमा १२ वटा डायलासिस मेसिन भए पनि अहिले ८ वटा मेसिनले मात्रै काम गरेको भन्दै उहाँले निकट भविश्यमानै दुईवटा मेसिन थप गर्ने तयारीमा अस्पताल रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा अस्पतालका मृगौला रोग बिषेशज्ञ डा. सन्तोष गुरुङ्ले मानव जीवनमा खानपानमा ध्यान नदिँदा, उच्च रक्तचाप, मधुमेह र स्वास्थ्यमाथि हेलचक्राई गर्दा मुटुमा समस्या आउने गरेको बताउनुभयो । एउटा मृगौलाले काम नगर्दानै बिरामी हतोत्साहित हुने गरेको भन्दै उहाँले आत्तिहाल्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मानव शरीरमा भएका दुईवटा मृगौला मध्ये एउटाले काम गर्न नसक्दा आत्तिनु पर्ने हुँदैन ।” बिरामीको चाप बढे संगै सेवा दिन केही असहज भएको उहाँको भनाई थियो ।

    प्रादेशीक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले डायलासिसका बिरामीको उपचार तालिका जानकारी नहुनु र उपचारका क्रममा क–कस्लाई कुन समयमा रगतको आवश्यक पर्ने हो भन्ने अग्रिम थाहा नहुँदा रगतको समस्या आएको बताउनुभयो । डायलासिसका बिरामीहरुलाई अहिलेसम्म रगतको ठूलो समसया नपरेको भए पनि जिल्लामा रगतको अभावका हुँदा कहिलेकाही समस्या आउन सक्ने बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.