सांकेतिक तस्विर
चितवन । यहि कात्तिक ४ गतेदेखि हराई रहेका एक वृद्धको आज (सोमबार) नारायणी नदीमा शव भेटिएको छ । बेपत्ता रहेका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय नुमाकान्त चापागाईँको शव भरतपुर–२८ निउरे चोकस्थित नारायणी नदीको बीच भँगालोमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नहररि अधिकारीले जानकारी दिए ।
चापागाई हराएको भन्दै आफन्तले प्रहरीमा निवदेन दिएका थिए । सोही क्रममा खोजतलास गर्दा चापागाई राति ८ बजे पुलचोकबाट गैंडाकोटतर्फ गएको सिसि टिभी फुटेजमा देखिएको थियो । फुटेजमा चापागाई गैंडाकोटतर्फ गएको तर गैंडाकोट पुगेको समेत नदेखिएपछि उनको खोजी नारायणी नदीमा गरिएको थियो ।
खोजतलासकै क्रममा नारायणी नदीमा उनको शव भेटिएको र कानुन बमोजिम कार्य सम्पन्न गरि शव आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।








