• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पुष्प व्यवसायमा युवाको आकर्षण बढ्दो

  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायण अधिकारी चितवन । जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् । अजय यादव र सागर कार्कीले संयुक्तरूपमा एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर २१ कठ्ठा जग्गामा फूलखेती गर्नुभएको छ ।

    अहिले उहाँहरूको बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन् । कृर्षिमा अध्ययन गर्नुभएका यादव र इञ्जीनियरीङ पढ्नु भएका कार्की विगत चार वर्षदेखि पुष्पखेतीमा लाग्नुभएको हो । सुरुआती वर्ष प्रयोगका लागि १०० वटा बिरुवा रोपेर व्यवसाय सुरु गर्नुभएका यादव र कार्की अहिले एक बिघाभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आउनुभएको छ । भाडामा लिएको जग्गामध्ये २१ कठ्ठामा उहाँहरूले व्यावसायिकरूपमा सयपत्री पुष्प व्यवसाय गर्नुभएको छ भने अन्यमा नर्सरी र अध्ययनका लागि काम गरिरहनुभएको छ ।

    यादवका अनुसार माली दाइ एग्रो इनोभेशन प्रालि नाम दिएर उहाँहरूले कुन मौसममा सयपत्री फूललाई कसरी लगाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहनुभएको छ । यादवले भन्नुभयो, “व्यावसायिकरूपमा खेती गर्दा अध्ययन आवश्यक भएकाले अध्ययनको काम पनि सँगै अघि लगिएको छ ।” अध्ययन गर्ने क्रममा करोडौँको फूल नेपाल भित्रने भन्ने सुनेपछि आफूहरूले त्यसको बजार प्रतिस्थापनका लागि यो व्यवसाय अँगालेको उहाँले बताउनुभयो ।

    उहाँले सम्झनुभयो, “एक सय बिरुवाबाट सुरुआतीमा रु १० हजार नाफा भएको थियो । त्यसैको प्रेरणाले अहिले व्यावसायिकरूपमा गरियो ।” उहाँहरूले दोस्रो वर्ष तीन कठ्ठा जग्गामा र तेस्रो वर्ष छ कठ्ठा जग्गामा पुष्प व्यवसाय गर्नुभएको थियो । दोस्रो वर्षमा रु एक लाख र तेस्रो वर्षमा रु दुई लाख नाफा भएपछि उहाँहरूलाई यो व्यवसाय गर्न प्रोत्साहन मिलेको यादवले बताउनुभयो । कार्कीका अनुसार सयपत्री फूलमा अहिलेको चार महिनामात्रै व्यापार हुने गरेको छ । यसलाई १२ महिना नै व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको छ ।

    यस कम्पनीले अहिले १० हजार मालाको व्यापार गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । यहाँबाट फूलका बिरुवासमेत बिक्री वितरण गरिएको थियो । पुष्प व्यवसायमा शीतभण्डार नहुँदा यसलाई लामो समयसम्म राख्न नसक्नु मुख्य समस्याका रूपमा रहेको व्यवसायीले बताएका छन् । फ्लोरिकल्चार एशोसिएशन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठ अहिले यो व्यवसायमा युवापुस्ताको आकर्षण बढेको बताउनुहुन्छ । विगत आठ वर्षदेखि उज्ज्वल नर्सरीको नाममा पुष्प व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले अहिले तीन बिघा क्षेत्रफलमा फूलखेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “अहिले व्यावसायिकरूपमा भन्दा पनि मौषमीरूपमा यो खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ ।”

    अहिले आफ्नो थोरै बारीमा समेत तिहारलक्षित गर्दै पुष्पखेती गर्नेहरूको सङ्ख्या बढेको भन्दै उहाँले यो व्यवसायमा युवापुस्ता अघि सरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चार दिनका लागि फूल लगाउने धेरै भए । अब यसलाई निरन्तरता दिनसके हुन्थ्यो ।” एशोसिएशनका अध्यक्ष अमर घलेले तिहारलाई लक्ष्य गर्दै जिल्लामा अहिले ४० बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको बताउनुभयो । यसमा अहिले नियमित यही व्यवसायमा लागेका भन्दा आंशिकरूपमा खेती गर्ने बढेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “लामो समयदेखि व्यावसायिकरूपमा गर्ने ५५ जना कृषक हुनुहुन्छ । अरु सबै आंशिकरूपमा हो ।” गत वर्षभन्दा अहिले फूलखेतीको क्षेत्रफल र खेती गर्नेको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । खेती गर्ने अधिकांश युवा रहेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले पनि समूह बनाएर तिहारलक्षित फूलखेती गर्दै आएका छन् । जिल्लामा अहिले १० लाख बिरुवा लगाइएको भन्दै उहाँले भन्नुभयो, “हामीले चितवनको बजारमा अहिले दुई लाख माला पु¥याउने लक्ष्य लिएका छौँ ।”

    यहाँ पाँच लाख माला खपत हुने उहाँको अनुमान छ । जसमध्ये एक लाख ५० हजार माला भारतबाट आयात हुने उहाँले जानकारी दिनुभयो । अन्य छिमेकी जिल्लाबाट आउने उहाँले बताउनुभयो । आंशिकरूपमा व्यवसाय गर्नेका कारण बजार मूल्यमा एकरुपता नआउने डर बढेको उहाँको भनाइ छ । अहिले बजारमा मालाको मूल्य रु ८० र एक किलो फूलको रु २५० भन्दामाथि नजाने उहाँले जानकारी दिनुभयो ।

    अहिले व्यावसायिकरूपमा खेती गरेका व्यवसायीले बिक्री वितरणका लागि आफ्नै स्टल खोलेर बिक्री वितरण गर्ने योजनामा रहेका छन् । यहाँको फूलको बजार चितवन, काठमाडौँ, पोखरालगायतका ठूला सहर छन् ।रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.