चितवन । पछिल्लो २४ घन्टामा चितवनमा २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा १७ जना, खैरहनीमा २ जना संक्रमित थपिएका छन्।
बुधबार सक्रिय संक्रमितको संख्या २८३ पुगेको छ । हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ५६६ पुगेको छ । २५ हजार ८५७ जना निको भएका छन् ।
चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२६ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।








