काठमाडौं । नेपालमा थप ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५५ जानमा गरिएको परीक्षणमा थप ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरि,पछिल्लो २४ घण्टामा ६ सय ६४ जना संक्रमित संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म पुष्टि भएका संक्रमितमा ९७.३ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेका छन् ।
यसैगरि, पछिल्लो २४ घण्टामा देशभर कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाको कारण हालसम्म ११ हजार ३ सय ८२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर हाल १० हजार २ सय ३६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।








