रुकुम । रुकुमपुर्वमा भएको दुर्घटजनमा एकजनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका ३ पोखरामा गुडिरहेको रा १ ख १४३५ नम्बरको टिपरबाट खसेर एक जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा टिपरका सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका– ६ का २१ वर्षीय चन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ। टिपर तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।








