• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपालसहित विश्वले प्रतिबद्धता जनाएको ‘नेट जिरो’ के हो ?

  •   मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । बेलायतको ग्लासगो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनका क्रममा नेपाललगायत विभिन्न देशले कार्बन उत्सर्जनमा नेट जिरोको प्रतिबद्धता जनाएका छन् ।  विभिन्न देशका प्रतिनिधिले फरक फरक समय तोकेर उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएका हुन् । सम्मेलनमा नेपालले कार्बन उत्सर्जनको कटौतीलाइ सन् २०४५ सम्मा शून्यमा झार्ने (नेट जिरो) प्रतिबद्धता जनाएको छ ।

    प्रधानमन्त्री शेर वहादुर देउवाले विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै कार्बन उत्सर्जनलाई सन् २०४५ सम्ममा शून्य पार्ने प्रतिबद्धता जनाएका हुन् ।

    भारतले कार्बन उत्सर्जनलाई सन् २०७० सम्म नेट जिरो पु¥याउने प्रतिबद्धता जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्बन उत्सर्जन सन् २०७० भित्र शून्यमा झार्ने प्रतिबद्धता जनाएका हुन् । औधोगिक राष्ट्र भारतले नेपालभन्दा पाँच वर्षपछि उत्सर्जनलाई शून्यमा झार्ने बचन दिएको हो । त्यस्तै, अन्य देशका प्रतिनिधिहरुले पनि यस्तो प्रतिबद्धता जनाएका छन् ।

    के हो नेट जिरो ?
    यातायात, उद्योगधन्दा, कलकारखानामा प्रयोग हुने इन्धन, ग्यास र कोइलाबाट हरितगृह ग्यास उत्सर्जन हुन्छ, जसका कारण विश्वव्यापी रूपमा तापमान वृद्धि हुन्छ । वायुमण्डलमा हरितगृह ग्यासको मात्रा थप हुन नदिनुलाई नेट जिरो भनिन्छ । सो लक्ष्य प्राप्तिका लागि कार्बन ग्यासको उत्सर्जन सकेसम्म चाँडो घटाउने र बाँकी रहेकोलाई सन्तुलन मिलाउनु पर्छ ।

    सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको सम्झौताअनुसार विश्वका १९७ देशहरूले तापमान वृद्धिलाई १.५ सेल्सियसभन्दा न्यून बनाएर जलवायु परिवर्तनका नकरात्मक प्रभाव नियन्त्रण गर्ने एउटा सहमतिमा हस्ताक्षर गरेका थिए । यसलाई पेरिस सम्झौता भनिन्छ ।

    नेट जिरो लक्ष्य पुरा गर्न विभिन्न देशका सरकारहरूले सन् २०५० सम्म जति कार्बन उत्सर्जन हुन्छ, त्यति नै घटाउनुपर्ने विज्ञहरुले सुझाब दिँदै आएका छन् ।

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट हात झिकेको  घोषणा गरेका थिए । तर, वर्तमान राष्ट्रपति जोन बाइडेनले अमेरिकाले पेरिस सम्झौता पालना गर्ने बताएका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.